6 years ago
January 10, 2020
एजेन्सी – श्रीलंकासँगको तीन टि ट्वान्टी सिरिज घरेलु टोली भारतले २-० ले जितेको छ । शुक्रबार राती तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ७८ रनको फराकिलो अन्तरले हराउँदै भारतले टि ट्वान्टी सिरिज जितेको हो ।
भारतले प्रस्तुत गरेको २ सय २ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १५.५ ओभरमा १ सय २३ रनमा अल आउट भयो ।
श्रीलंकाका लागि धनञ्जय डी शिल्भाले ३६ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ५७ रनको योगदान दिए । उनलाई नवदीप सैनीले १६ औं ओभरको तेस्रो बलमा जसप्रित बुमराहबाट क्याच गराए ।
अनुभवी खेलाडी एन्जिलो म्याथ्यु २० बलमा ३ छक्का र १ चौका सहित ३१ रनको जोडे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंकाका ९ खेलाडीले दोहोरो अंकमा रन नजोडी पेभिलिएन फर्के ।
भारतका युवा तीब्र गतिका बलर नवदीप सैनीले ३.५ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । वाशिन्टन सुन्दर र शार्दुल ठाकुरले २-२ विकेट लिए । जसप्रित बुमराहको नाममा १ विकेट रह्यो ।
त्यअघि पुणेमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो । भारतका ओपनर लोकेश राहुलले ५४ र शिखर धवनले ५२ रनको अर्ध शतकीय इनिङ खेले । लोकेशले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
शिखर धवनले ३६ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै राम्रो सुरुवात दिलाए । पहिलो विकेटका लागि धवन र राहुलले १०.५ ओभरमा ९७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए ।
विकेटकीपर सञ्जु स्यासन ६, श्रेयस ऐर ४, वाशिन्टन सुन्दर शून्यमा आउट भए । कप्तान विराट कोहली १७ बलमा २ चौका र १ छक्का सहित २६ रनमा रन आउट भए । मनिष पान्डे १८ बलमा ४ चौका सहित ३१ रनमा अविजित रहे ।
शार्दुल ठाकुर ८ बलमा २ छक्का र १ चौका सहित २२ रनमा अविजित रहे । संदकनकाले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । लाहिरु कुमरा र वानिन्दु हसरंगाले १-१ विकेट लिए । पहिलो खेल वर्षाको कारण रद्ध हुँदा दोस्रो खेल भारतले ७ विकेटले जितेको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]