6 years ago
January 11, 2020
सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार समुह डी को पहिलो खेलमा मलेसिया ११ ले सुदूरपश्चिम प्रदेश विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
इनरुवा क्रिकेट मैदानमा मलेसिया ११ का कप्तान अहमद फैज मोहम्मद नुरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । खेल ४७ ओभरको हुने छ ।
त्यसअघि मलेसिया ११ लाई आयोजकले स्वागत गरेको थियो । एमएम कपका प्रबन्ध निर्देश विप्लप घोष, मन मोहन क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरे, इनरुवा नगरपालिका प्रमुख राजन मेहेताले मैदानमा फुल माला र ढाका टोपी लगाउँदै स्वागत गरेका थिए । त्यस्तै सुदूरपच्मि प्रदेशलाई पनि स्वागत गरिएको थियो ।
मलेसिया प्लेइङ ११ :
अहमद फैज मोहम्मद नुर (कप्तान), विरनदीप सिंह, भुषण विलास, शार्विन मुनियन, सैयद अजीज, मोहम्मद आरिफ जमालुद्दीन, मोहम्मद नाज़िल रहमान, पवनदीप सिंह, मुहम्मद अनवर रहमान, आइनूल हकीम, धिवेन्द्रन मोगन ।
बेन्चमा :
विजय उन्नी, मुहम्मद हफिज खैर र सुहरिल बिन ।
सुदूरपश्चिम प्रदेशको प्लेइङ ११ :
सन्तोष भट्ट (कप्तान), विनोद लामा, खडक बोहरा, लोकेश बम (विकेटकिपर), अरुण ऐरी, आकश चन्द, शेर मल्ल, दिपक बोहरा, किरण ठगुन्ना, गजेन्द्र बोहरा, बिक्रम ठगुन्ना ।
बेन्चमा :
सुशिल खड्का, विकाश अग्री र महेश अधिकारी ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]