default_image

5 years ago

January 11, 2020

सुदूरपश्चिमको स्पिनसामु मलेसिया-११ को लज्जास्पद ब्याटिङ

79 views

0 Bookmark

सुनसरी (हाम्रो खेलकुद) – स्पिनरद्वय विनोद लामा र शेर मल्लले घातक बलिङ गरेपछि सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता मलेसिया ११ ले सुदूरपश्चिम प्रदेशलाई ५० रनको लक्ष्य दिएको छ ।

इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसिया-११ ले २२ ओभरमा अल आउट हुँदै ४९ रनमा समेटियो । सुदूरपश्चिमा दुई स्पिनर शेर मल्ल र विनोद लामाको घातक बलिङ सामु मलेसिया ११ का १० खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । यी दुई जोडिले मलेसियाका ९ ब्याट्सम्यानलाई आउट गदै सस्तैमा रोकेका हुन् ।

मलेसिया-११ युवा ब्याट्सम्यान विरनदीप सिंहले ६९ बलमा ३ चौका सहित सर्वाधिक २२ रनको योगदान दिए ।

पहिलो ओभरको चौथो बलमै स्पिनर विनोद लामाले मलेसिया-११ का भूषण सेभलाइ ४ रनमा बोल्ड आउट गरे । दोस्रो ओभरको पहिलो बलमै अर्का स्पिनर शेर मल्लले कप्तान मोहम्मद नुरलाई १ एक रनमा कट एण्ड बोल्ड आउट गर्दै पेभिलिएन फर्काए ।

विनोदले सातौं ओभर पहिलो बलमा मलेसियाका सर्बियन मुनियनलाइ २ रनमा एलबी डब्लु आउट गरेपछि मलेसिया १०-३ को अवस्थामा पुगेको थियो। ८ औं ओभरको तेस्रो बलमा शेर मल्लले तेस्रो बलमा हकिम र पाँचौ बलमा सैद अजिजलाई शून्यमा पेभिलिएन फर्काएपछि मलेसिया संकटमा परेको थियो ।

विनोद लामाले नवौं ओभरको तेस्रो बलमा मोहम्मद आरिफलाई शून्यमा कट एण्ड बोल्ड आउट गरे । शेरले नाजिर रहमान १ र धिवेन्द्रन मोगनलाइ ५ रनमा आउट गरे । अनवार रहमन ३ रनमा आउट भए ।

युवा स्पिनर शेर मल्लले १० ओभरमा ३ मेडन सहित ११ रन खर्चेर ५ विकेट लिए । विनोद लामाले ९ओभरमा ३ मेडन सहित २१ रन खर्चेर ४ विकेट लिए । बिक्रम ठगुन्नाले १ विकेट लिए ।

December 11, 2024

काठमाडौंसँग पराजित हुदै लुम्बिनी लिगबाट बाहिरियो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]

December 11, 2024

लुम्बिनी सामू चलेन काठमाडौंकाे ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]

December 11, 2024

काठमाडौंले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका हुन् । ५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ । मंगलवार भएको पछिल्लो खेलमा […]

Success

Thank you for your time.