default_image

6 years ago

January 12, 2020

सुदूरपश्चिम सेमिफाइनलमा, मलेसिया-११ बाहिरियो

159 views

0 Bookmark

सुनसरी (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर विनोद लामाले उत्कृष्ट बलिङ गरेसँगै सुदूरपश्चिम प्रदेश सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार समुह ‘डी’ को दोस्रो खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

यो सँगै समुह ‘डी’ बाट एक- एक खेल खेलका मलेसिया-११ र गण्डकी प्रदेश बाहिरिएका छन् । गण्डकीले प्रस्तुत गरेको ६५ रनको सामान्य लक्ष्य सुदूरपश्चिम प्रदेशले १०.२ ओभरमा १ विकेट गुमाउदै पुरा गरेको हो । ओपनर गजेन्द्र बोहरा २७ बलमा ७ चौका सहित ३४ रनमा क्याच आउट भए । त्यस्तै खडक बोहरा १६  र अरुण ऐरी १० रनमा अविजित रहे । दीपेश खत्रीले १ विकेट लिए ।

त्यसअघि आइतबार इनरुवा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी प्रदेश २३.३ ओभरमा ६४ रनमा अल आउट भएको थियो । गण्डकीका १० खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । तेस्रो ओभरको दोस्रो बलमा बायाँ हाते तीब्र गतिका बलर बिक्रम ठगुन्नाले ओपनर दिपेश खत्रीलाई १ रनमा एलबी डब्लू आउट गरे ।

आठौं ओभरको पहिलो बलमा स्पिनर विनोद लामाले विकेटकिपर बिधान श्रेष्ठलाई सन्तोष भट्टबाट ६ रनमा क्याच आउट भए । दशौं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका किशोर महतो डिप मिड विकेटमा खडक बोहराबाट १७ रनमा क्याच हुन पुगे । किशोरले १९ बलमा ४ चौका प्रहार गरे । किशोरलाई आउट गरेको १ बपछि विनोदले आकश थापालाई बिक्रमबाट शून्यमा क्याच भए ।

१३ औं ओभरको दोस्रो बलमा मुस्कान थापालाई शेर मल्लले शून्यमा बोल्ड आउट गरे । विनोदलेनै १६ औं ओभरको दोस्रो बलमा कप्तान गोविन्द प्रधानलाई ५ रनमा खडकबाट क्याच गराएपछि गण्डकी ४२-६ को कमजोर अवस्थामा पुगेको थियो । २० औं ओभरको अन्तिम बलम विनोदलेनै सुवास पौडेललाई ३ रनमा क्याच आउट गराएपछि गण्डकी सस्तैमा समेटिएको हो ।

२३ औं ओभरको चौथो बलमा शेर मल्लले दीपेश श्रेष्ठलाई ५ रनमा एलबी डब्लू आउट गरे । विनोदलेनै सुवास भण्डारीलाई ७ रनमा क्याच आउट गराए । सुदूरपश्चिमका बायाँहाते स्पिनर विनोद लामाले ९.३ ओभरमा २ मेडन सहित १४ रन खर्चेर ७ विकेट लिर्दै सेमिफाइनल यात्रा पक्का गरे। अर्का स्पिनर शेर मल्लले ८ ओभरमा १ मेडन सहित २५ रन खर्चेर २ विकेट लिए । बिक्रम ठगुन्नाले १ विकेट लिए ।

योसँगै एमएम कपमा सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो सेमिफाइनलमा माघ १ मा समुह ‘ए’ को विजेता त्रिभुवन आर्मी र समुह ‘सी’ को विजेता प्रदेश नम्बर ३ भिड्ने छन् । माघ २ मा सुदूरपश्चिमले समुह ‘बी’ को विजेता नेपाल पुलिस क्लब को सामना गर्ने छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.