default_image

4 years ago

January 15, 2020

फाइनलमा स्थान बनाउन प्रदेश ३ लाई आर्मीको मध्यम लक्ष्य

सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ३ लाई २ सय १७ रनको लक्ष्य दिएको छ । इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको आर्मी ४६.३ ओभरमा अल आउट हुदै २ सय १६ रन बनायो । आर्मीका ओपनर अनिल कुमार […]

33 views

0 Bookmark

सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ३ लाई २ सय १७ रनको लक्ष्य दिएको छ ।

इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको आर्मी ४६.३ ओभरमा अल आउट हुदै २ सय १६ रन बनायो । आर्मीका ओपनर अनिल कुमार मण्डलले सर्वाधिक ४३ रनको योगदान दिए । लेग स्पिनर तिलकराज भण्डारीले ३० औं ओभरको पहिलो बलमा बोल्ड आउट गर्नुअघि मण्डलले ७३ बलमा ३ चौका प्रहार गरे ।

चौथो ओभरको तेस्रो बलमा युवा तीब्र गतिका बलर गौतम केसिले ओपनर हरिकृष्ण झालाई ६ रनमा विकेटकिपर आदिल खानबाट कट बिहाइन्ड क्याच गराए । गौतमले नै हरि बहादुर चौहानलाइ १ रनमा आदिलबाट क्याच गराए । २० औं ओभरको अन्तिम बलमा नन्दन यादवले रोहित कुमार पौडेललाई २९ रनमा राम नरेश गिरिबाट क्याच आउट गराए । रोहितले ३७ बलमा ४ चौका प्रहार गरे ।

राजेश पुलामी मगर १७, बिनोद भन्डारी ६ र भिम सार्की १५ रनमा आउट भएपछि आर्मी दबाबमा परेको थियो । तल्लोक्रममा कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्का सहित ३७ रन जोड्दै आर्मीलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याए । बिक्रम शोब ३३ बलमा ३ चौका सहित २४, सुशन भारी १३ र साहब आलमले १ रन जोडे ।

युवा तीब्र गतिका बलर गौतम केसीले ७.३ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । तिलकराज भन्डारी, नन्दन यादव र ईशान पान्डेले २-२ विकेट लिए ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.