6 years ago
January 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन् । इपिएलले यस सिजन ल्याएको ट्रेड प्रावधान अनुसार सन्दीप ललितपुर प्याट्रीयट्सबाट काठमाडौं लागेका हुन् ।

गत सिजन ललितपुरले उपाधि जित्दा सन्दीपले सुरुवाती २ खेल मात्र खेलेका थिए । उनी सिजन सकिनुअघि नै बिग ब्यास लिग खेल्न अष्ट्रेलियाको लिग खेल्न त्यसतर्फ प्रस्थान गरे । यस सिजन ट्रेड गर्न सकिने प्रावधान ल्याएसँगै उनी ललितपुरबाट काठमाडौं पुगेका हुन् । गत सिजन ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले उपाधि जितेको थियो ।
ट्रेड प्रावधानमा दुई टोलीबिचको समझदारीमा खेलाडी किन्ने प्रावधान रहेको छ । यसमा आर्थिक पाटो भने गोप्य राखिएको छ । प्रावधान अनुसार हरेक खेलाडीले दुई टोलीबीच ट्रेड भएमा उक्त रकमको ६० प्रतिशत रकम प्राप्त गर्नेछन् । इपिएलले क्याटगोरी ए का लागि तोकेअनुसार ट्रेडका लागि मिति सकिएपनि यसका लागि प्रक्रिया अगाडी नै थालिएको र सन्दीप बिग ब्यासमा व्यस्त रहेकाले केहि ढिलो निर्णय सार्वजनिक भएको इपिएल स्रोतले जानकारी दियो ।
काठमाडौंका प्रशिक्षक विनोद दासले सन्दीपको आगमनसँगै टोली बलियो भएको बताए । उनले नेपाली कोर बलियो बनाउने टोलीको मुख्य लक्ष्यमा सफल रहेको पनि जनाए । ‘ हामीले विदेशी फ्रेन्चाइज लिगमा पनि देख्न सक्छौं, कोर खेलाडीको एक समूह नै सफल नतिजा ल्याउने आधार हो । हामीले पनि त्यसै लक्ष्य लिएर अगाडी बढेका हौं । सन्दीपको रुपमा हामीले विश्वस्तरीय खेलाडी पाएका छौं । दीपेन्द्रसिंह ऐरी र सुवास खकुरेलको आगमनले पनि हामीलाई निकै फाइदा पुगेको छ,’ विनोदले भने ।

विनोदका अनुसार नेपाली खेलाडीबाट नै बलियो साझेदारी बनाउन सके लिगमा सहज हुने बुझाइ छ । ‘ हामीले आफ्नो कोर ग्रुप नेपाली खेलाडीबाट नै निर्माण गर्न सके विदेशी खेलाडी आएपछि सहज हुन्छ । अहिले हाम्रो नेपाली खेलाडीको समूह राम्रो छ । अब टोलीमा सन्तुलन मिलाउन सोहि अनुसार विदेशी खेलाडी समावेश गर्ने हो । त्यसका लागि विकल्प अध्ययन गरिरहेका छौं,’ उनले भने ।
काठमाडौंले गत सिजन इपिएल खेलेका सुशील कँडेल र नरेश बुढाएरको स्थानमा सुवास खकुरेल र आकाश चन्दलाई टोलीमा सामेल गरिसकेको छ । यस्तै खेलाडी साटफेर गर्ने क्रममा चितवन टाइगर्सबाट दीपेन्द्र काठमाडौं आउँदा सोमपाल कामी चितवन पुगेका छन् ।

पछिल्लो सिजन आयरल्यान्डका केभीन ओ ब्रायन र यूएईका रोहन मुस्तफासँगै श्रीलंकाका फरवेज महारुफले काठमाडौंबाट खेलेका थिए । अलराउन्डर केभिनले यस सिजन पनि काठमाडौंबाट नै खेल्ने पक्का भएको छ । गतवर्ष उनले ७ खेलमा ९ विकेट लिनुको साथै १ सय ८४ रन बनाएका थिए ।
यस सिजन पनि इपिएलमा नाम चलेका अन्तर्राष्ट्रिय खेलाडी ल्याउने चर्चा रहेको छ । इपिएल आफैंले हसिम अमला, लियाम प्लंकेट, ड्वेन स्मिथ, लगायत खेलाडी लिग खेल्न इच्छुक रहेको बताएको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]