default_image

6 years ago

January 15, 2020

आर्मी एमएम कपको फाइनलमा

167 views

0 Bookmark

सुनसरी (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बुधबार सेमिफाइनल खेलमा प्रदेश नम्बर ३ लाई ६४ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो । २ सय १७ रनको लक्ष्य पछ्याएको प्रदेश तीन ३८.३ ओभरमा १ सय ५२ रनमा अल आउट हुन पुग्यो । सोनु तामाङले ७५ बलमा ४ चौका र ६ छक्का सहित ७४ रन जोडेपनी टोलीको हार टार्न सकेनन् । ३८ औं ओभरको अन्तिम बलमा कुशल मल्ले भिम सार्कीबाट सोनुलाई आउट गरेपछि प्रदेश ३ को जितको संभावना सकिएको थियो ।

विक्रम शोबले पहिलो बलमै ओपनर रित गौतमलाई विनोद भण्डारीबाट क्याच आउट गराए । छैटौं ओभरको चौथो बलमा कप्तान सुबास खकुरेल १५ रनमा रन आउट भए । सुवासले १५ बलमा २ चौका प्रहार गरे । नवौं ओभरको दोस्रो बलमा जितेन्द्र सिंह ठकुरीलाई स्पिनर सुशन भारीले रोहित कुमार पौडेलबाट २ रनमा क्याच आउट गराए ।

दशौं ओभरको अन्तिम बलमा इशान पान्डे ३३ बलमा ३ चौका सहित १७ रनमा क्याच आउट भएपछि प्रदेश तीन संकटमा परेको थियो । अभिषेक बस्नेत ५, आदिल खान ६ र राम नरेश गिरी ४ रनमा आउट भएपछि प्रदेश तीनको जितको टाढिएको थियो । आर्मीका स्पिनर सुसन भारीले ८.१ ओभरमा ३ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । साहब आलमले २, बिक्रम शोब, हरि बहादुर चौहान, हरि कृष्ण झा र सुशल मल्लले १-१ विकेट लिए ।

त्यसअघि इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मी ४६.३ ओभरमा २ सय १६ रनमा अल आउट भएको थियो । ओपनर अनिल कुमार मण्डलले सर्वाधिक ४३ रन जोडे । लेग स्पिनर तिलकराज भण्डारीले ३० औं ओभरको पहिलो बलमा बोल्ड आउट गर्नुअघि मण्डलले ७३ बलमा ३ चौका प्रहार गरे ।

चौथो ओभरको तेस्रो बलमा युवा तीब्र गतिका बलर गौतम केसीले ओपनर हरिकृष्ण झालाई ६ रनमा विकेटकिपर आदिल खानबाट क्याच गराए । २० औं ओभरको अन्तिम बलमा नन्दन यादवले रोहित कुमार पौडेललाई २९ रनमा राम नरेश गिरिबाट क्याच आउट गराए । रोहितले ३७ बलमा ४ चौका प्रहार गरे ।

राजेश पुलामी मगर १७, बिनोद भन्डारी ६ र भिम सार्की १५ रनमा आउट भए । युवा अलराउन्डर कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्का सहित ३७ रन जोडे । बिक्रम शोब ३३ बलमा ३ चौका सहित २४, सुशन भारी १३ र साहब आलमले १ रन जोडे । युवा तीब्र गतिका बलर गौतम केसीले ७.३ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । तिलकराज भन्डारी, नन्दन यादव र ईशान पान्डेको नाममा २-२ विकेट रह्यो ।

दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भिड्ने छन् । विजेताले आर्मीसँग उपाधिको लागि माघ ४ मा प्रतिस्पर्धा गर्ने छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.