6 years ago
January 16, 2020
भूपेन्द्र जिसी, सुनसरी
नेपालले सन् २०१२ को एसीसी यू१६ इलिट कपमा मलेसियासँग १ विकेटको अप्रत्याशित हार बेहोरेको थियो । मलेसियालाई दुर्लभ जित दिलाउँदा मलेसियाका नायक बनेका थिए विरनदीप सिंह । तिनै विरनदीप हाल मलेसियाको सिनियर टोलीका नियमित खेलाडी छन् ।

उक्त खेलमा टस जितेर ब्याटिङ रोजेको नेपाली यू१६ टोली ३३ ओभरमा १ सय १७ रनमा अलआउट भएको थियो । जवाफी ब्याटिङ थालेको मलेसियाले ३९.१ ओभरमा ९ विकेट गुमाउँदै पुरा गर्यो । ओपनर विरनदीपले १ सय १९ बलमा ७ चौका सहित ५४ रनमा अविजित रहँदै मलेसियाको जित पक्का गरे । उनी नै खेलको ‘म्यान अफ द म्याच चुनिए’।
सन् २०१६ को यू१९ एसिया कप श्रीलंकामा नेपालले मलेसियामाथि १ विकेटको संघर्षपूर्ण जित निकालेको थियो । मलेसिया यू१९ का कप्तान विरनदीपले नेपालविरुद्ध १ सय २० बलमा ७ चौका सहित ७५ रनको योगदान दिए । बलिङमा विरनदीपले १० ओभरमा २९ रन खर्चेर ३ विकेट लिँदै नेपाललाई अप्रत्याशित हार नजिक पुर्याएका थिए ।
त्यसबेला पवन सरार्फले २९ रन जोड्दै जित दिलाएका थिए । त्यसबेला यू-१९ टोलीमा अहिले सिनियर टोलीमा रहेका सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, पवन सरार्फ, रोहित कुमार पौडेल लगातका खेलाडी थिए ।

गत जुलाईमा नेपालसँगको दुई टि ट्वान्टी आई सिरिज अन्तर्गत पहिलो खेलमा विरनदीपले ४९ बलमा ७ चौका र १ छक्का सहित ५७ रन जोडेका थिए । २० वर्षिय युवा अलराउन्डर विरनदीप उमेरको हिसाबमा सानै छन् तर उनले छोटो समयमा क्रिकेटमा ठुलो उचाइ लिइसकेका छन् । धेरैले उनलाई भावी एसोसियट स्टारको रुपमा लिएका छन् । विरनदीपले कलिलो उमेरमा जुन प्रर्दशन गरेका छन् पछि परिपक्व हुँदासम्म मलेसियालाई नयाँ उचाईमा पुर्याउने आशा गरिएको छ ।
तीनै विरनदीप यसै साता मलेसिया-११ बाट सुनसरीको इनरुवा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता खेल्न नेपाल आएका थिए । पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग मलेसिया ४९ रनमा अल आउट भयो । मलेसिया ४९ रनमा अल आउट भएपनि विरनदीपले ६९ बलमा ३ चौका प्रहार गर्दै २२ रन जोडे । मलेसिया-११ बाट दोहोरो अंक जोड्ने विरनदीप एक्लो खेलाडी थिए । विरनदीपले पिचको अवस्थालाई बुझ्दै लामो समय सम्म क्रिजमा रहे । यसले उनको प्रतिभालाई थप प्रष्ट पार्यो ।

उनले आफु अवस्था र परिस्थिति अनुसार खेल्न सक्ने क्षमता रहेको प्रष्टाए । दोस्रो खेलमा विरनदीपले गण्डकी प्रदेश विरुद्ध आक्रामक ५० रन जोड्दै आफ्नो लयलाई निरन्तरता दिए । विरनदीप नेपाली सिनियर टोलीका सन्दीप लामिछाने, पवन सरार्फ, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी लगातका खेलाडीसँग उमेर समुह खेल्दै हुर्केका अलराउन्डर हुन् । उनले उमेर समूहमा मलेसियाको कप्तानी पनि लामो समय सम्हालेका छन् ।
विरनदीपले आफ्नो पछिल्लो चार वर्षको क्रिकेट यात्रा उत्कृष्ट रहेको बताउँछन् । उमेर समुहमा सन्दीप लामिछाने, रोहित कुमार पौडेल, पवन सरार्फ, दीपेन्द्रसिंह ऐरी जस्ता नेपाली खेलाडीसँग खेल्न पाउनुमा आफु धेरै भाग्यमानी रहेको बताउछन् । ‘नेपालका युवा खेलाडीसँग धेरै अनुभव बटुल्न पाएँ । जुन खेलाडीसँग मैले उमेर समुहमा खेले ती मध्यमा केहि नेपाली सिनियर टोलीमा छन् । सन्दीपले विश्वका ठूला लिग खेलिरहेका छन्, त्यसैले म आफूलाई भाग्यमानी मान्छु,’ उनले भने ।

विरनदीपले मलेसियाको विश्व क्रिकेटमा पहिला टि ट्वान्टी आईमा उत्कृष्ट प्रर्दशन गर्दै वरियतामा सुधार गर्ने लक्ष्य राखेको बताए । ‘अहिलेनै हाम्रो विश्वकपको सपना छैन । पहिला हामी वरियतामा धेरै सुर्धार गर्न चाहान्छौं । अनि हाम्रो लक्ष्य ओडीआई मान्यता प्राप्त गर्नुछ,’ उनले हाम्रो खेलकुदसँग भने ।
विरनदीपले नेपाली क्रिकेट समर्थकको खुलेर प्रंशसा गरे । ‘पक्कै पनि नेपाली समर्थकमा क्रिकेटको धेरै भोक छ, सन्दीपले विश्वभर क्रिकेट खेलि रहेका छन् । समर्थकले पनि उनलाई राम्रो साथ दिन्छन् । साँच्चै नेपाली समर्थकको साथ उत्कृष्ट छ’, उनले भने ।
पछिल्लो समय नेपालमा तीन चर्चित फ्रेन्चाइज लिग हुँदै आएको छ । जसमा विश्वका नाम चलेका ठूला खेलाडी खल्दै आएका छन् । नेपाली युवा खेलाडीसँग हुर्केका विरनदीप सिंहले नेपाली फ्रेन्चाइज लिग खेल्ने चाहना रहेको बताए ।

नेपाली फ्रेन्चाइज लिग खेल्ने चाहना छ कि छैन भन्ने प्रश्नको जवाफमा उनले भने, ‘पक्कै पनि, हामी जस्तो जुनियर क्रिकेटरको लागि नेपाली लिग उत्कृष्ट माध्यम हो । नेपाली फ्रेन्चाइज लिगमा अन्य ठूला विदेशी खेलाडी खेल्दै आएका छन् । यसले अनुभव र व्यक्तिगत विकासमा धेरै सहयोग पुग्नेछ । नेपाली समर्थकको साथ अझ उत्कृष्ट छ । न्युनतम सेवा सुविधा पाएपनि म खेल्न चाहान्छु’, उनले भने ‘।
विरनदीपले नेपाल एसोसिएटमा बलियो टोली रहेको बताउछन् । ‘ मलाई लाग्छ एसोसिएट टोलीले कम आर्थिक सहयोग पाउछन् । क्रिकेट भनेको विकास हो । क्रिकेट विकासको लागि आर्थिक पक्ष सुदृढ हुनु आवश्यक छ । त्यसको लागि पहिला आईसीसीले एसोसिएट टोलीलाई पनि राम्रो आर्थिक सहयोग गर्नुपर्छ । जसले क्रिकेट विकास गर्न धेरै सहयोग पुग्नेछ ,’ उनले भने । उनले आफ्नो व्यक्तिगत लक्ष्य नेपालसहित विश्वका ठूला नाम चलेका आईपिएल, बिग ब्यास लिग लगातका लिग खेल्ने रहेको बताउँछन् ।

विरनदीपले १२ टि ट्वान्टी आईमा ३ सय ११ रन बनाएका छन् । नेपालविरुद्ध प्रहार गरेको ५७ रन उनको टि ट्वान्टी आईको उच्च प्रर्दशन हो । उत्कृष्ट प्रर्दशन गर्दै आएका विरनदीपले गत सेप्टेम्बरमा विश्वकप च्यालेन्च लिग ए मा ५ खेलमा १ सय ८१ रन बनाउँदै मलेसियाबाट सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । विरनदीपले उमेर समुह हुँदै सिनियर टोलीमा जुन प्रभाव जमाएका छन् यसले आगमी दिनमा उनले मलेसिया क्रिकेटलाई उपल्लो स्तरमा पुर्याउने आशा राखिएको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]