default_image

4 years ago

January 16, 2020

धोनी भारतको खेलाडी सुचिमा परेनन्

एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले बिहीबार सन् २०२० सिजनको लागि भारतको सिनियर टोलीको २७ खेलाडी सम्मिलित सुचि सार्वजनिक गर्दा पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई टोलीमा समेटेको छैन । पछिल्लोपटक इंग्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकपमा भारतका लागि खेलेका धोनीले त्यसयता व्यक्तिगत कारण देखाउँदै टोलीबाट बाहिर रहँदै आएका थिए । बिहीबार सार्वजनिक भएको सुचिमा धोनी सिनियर खेलाडीले […]

45 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले बिहीबार सन् २०२० सिजनको लागि भारतको सिनियर टोलीको २७ खेलाडी सम्मिलित सुचि सार्वजनिक गर्दा पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई टोलीमा समेटेको छैन ।

पछिल्लोपटक इंग्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकपमा भारतका लागि खेलेका धोनीले त्यसयता व्यक्तिगत कारण देखाउँदै टोलीबाट बाहिर रहँदै आएका थिए । बिहीबार सार्वजनिक भएको सुचिमा धोनी सिनियर खेलाडीले पाउने सम्झौता सुचिमा पर्न सकेनन् । यससँगै धोनीको भविष्यबारे चल्दै आएको टिप्पणीले पनि नयाँ रुप लिने भएको छ ।

बिसीसीआईले अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्मका लागि घोषणा गरेको सुचिमा खेलाडीलाई ४ श्रेणीमा विभाजन गरिएको छ । ए+ श्रेणीमा पर्ने खेलाडीले ७ करोड, ए श्रेणीका खेलाडीले ५ करोड, बी श्रेणीकाले ३ करोड र सी श्रेणीका खेलाडीले १ करोड रुपैयाँ प्राप्त गर्नेछन् । यसअघि कप्तान धोनीले बोर्डको सम्झौता पाएका थिए ।

यस सिजनका लागि घोषित टोलीमा कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मासँगै जस्प्रित बुमराह ए + श्रेणीमा रहेका छन् । ए श्रेणीमा ११ खेलाडी छन् भने बी श्रेणीमा ५ खेलाडी रहेका छन् । सी श्रेणीमा ८ खेलाडी समावेश गरिएका छन् । नियमित रुपमा भारतीय टोलीमा स्थान बनाउन नसकेका खेलाडीले सम्झौता पाउँदा धोनी भने टोलीमा परेका छैनन् ।

सन् २०१४ डिसेम्बरमा टेस्ट क्रिकेटबाट संन्यास लिएका धोनीले सन् २०१७ जनवरीमा कप्तानको भूमिकाबाट पनि राजिनामा दिएका थिए । विश्वकपपछि भारतका लागि कुनै किसिमको क्रिकेट नखेलेका उनले आब आउने दिनमा संन्यास लिने विषयमा पनि चर्चा चलेको थियो ।

धोनीले हालसम्म ३ सय ५० एकदिवसीय र ९८ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन् । धोनीको कप्तानीमा भारतले सन् २००७ मा टि-२० विश्वकप, सन् २०११ एकदिवसीय विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफी उपाधि जितेको थियो । खेलाडी सुचिमा समावेश नभएसँगै धोनी अब सन् २०२० मा अष्ट्रेलियामा हुने टि-२० विश्वकपमा समेत नखेल्ने सम्भावना बढेको छ ।

सन् २०२० को लागि अन्तिम खेलाडी सुची :

ए+ श्रेणी : विराट कोहली, रोहित शर्मा, जस्प्रित बुमराह

ए श्रेणी : रवी आश्विन, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वोर पुजार, अजिंक्या रहाने, केएल राहुल. शिखर धवन, मोहमद शामी, कुलदीप यादव, ऋषभ पन्त

बी श्रेणी : रिद्धिमान शाह, उमेश यादव, युजवेंद्र चहल, हार्दिक पान्ड्या, मयंक अग्रवाल

सी श्रेणी : केदार जाधव, नवदीप सैनी, दीपक चाहर, मनिष पाण्डे, हनुमा विहारी, शार्दुल ठाकुर, श्रेयस ऐर, वासिङ्गटन सुन्दर

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.