6 years ago
January 16, 2020
सुनसरी (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालले उत्कृष्ट बलिङ गरेपछि नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहीबार सुदूरपश्चिम प्रदेशलाई ९९ रनले हराउँदै पुलिस फाइनलमा पुगेको हो । पुलिसले उपाधिको लागि शनिबार त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ । आर्मीले पहिलो सेमिफाइनल खेलमा प्रदेश नम्बर ३ लाई ६४ रनले हराउँदै फाइनलमा पुगेको थियो । २ सय ३० रनको लक्ष्य पक्ष्याएको सुदूरपश्चिम ३३.४ ओभरमा १ सय ३० रनमा अल आउट भयो ।
पाँचौ ओभरको अन्तिम बलमा ललित सिंह भन्डारीले गजेन्द्र बोहरालाई कप्तान मन्जित श्रेष्ठबाट १२ क्याच गराए । अरुण ऐरिलाई ललित नारायण राजवंशीले ६ रनमा क्याच गराउदै सुरुवाती समय दवावमा राखे । १४ औं ओभरको चौथो बलमा सागर ढकालले ओपनर खडक बोहरालाइ १४ रनमा विकेटकिपर अनिल कुमार शाहबाट स्टम्पिङ आउट गराए । खडक अघि बड्दै सट खेल्ने क्रममा बिट हुन पुगे । खडकले ४० बलमा १ चौका प्रहार गरे ।
१५ औं ओभरको पाचौं बलमा ललित नारायाण राजवंशीले लोकेश बमलाई ८ रनमा स्टम्पिङ आउट गराएपछि सुदुरपश्चिमलाई जित टाढिएको थियो । शेर मल्ललाई सागरले शुन्यमा एलबीडब्लू आउट गरेपछि सुप पुर्णरुपमा दवावमा परेको थियो । सागर ढकालले दीपक बोहरा र कप्तान सन्तोष भट्टलाई १ रनमा आउट गरेपछि सुदूरपश्चिम १९.५ ओभरमा ७३-७ को कमजोर अवस्थामा पुगेको थियो ।
आक्रमक ब्याटिङ गरेका किरण ठगुन्नालाई २७ औं ओभरको पहिलो बलमा ललित नारायण राजवंशीले फस्ट सिलिपमा रहेका कुशल भुर्तेलबाट ३९ रनमा क्याच गराएपछि सुदूरपश्चिमको जितको सम्भावना सकिएको थियो । किरणले ४६ बलमा २ चौका र ३ छक्का प्रहार गरे । आकश चन्द २६ बलमा १ चौका र १ छक्का सहित १८ रनमा अविजित रहे ।
पुलिसका स्पिनर सागर ढकालले ६.४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर ५ विकेट लिए । अर्का स्पिनर ललित नारायण राजवंशीले ७ ओभरमा २३ रन खर्चेर ३, योगेन्द्र सिंह कार्की र ललित सिंह भण्डारीले १-१ विकेट लिए ।

त्यसअघि बिहीबार इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पुलिस ४९ ओभरमा २ सय २९ रनमा अल आउट भएको थियो । तेस्रो ओभरको दोस्रो बलमा स्पिनर शेर मल्लले ओपनर सुनिल धमलालाई १ रनमा दीपक बोहराबाट क्याच गराउँदै पेभेलिएन फर्काए । १२ औं ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले ३२ रनमा जीवनदान पाए । ठुलो सट खेलेका दीपेन्द्रलाई लङ अनमा शेर मल्लले क्याच छोडेका थिए ।
त्यसअघि तेस्रो बलमा किरन ठगुन्नाले डाइरेक्ट थ्रो हान्दै स्टम्प ताकेपनी दीपेन्द्र रन आउट हुनबाट बचेका थिए । १४ औं ओभरको चौथो बलमा स्पिनर विनोद लामाले लङ अनमा खडक बोहराबाट ओपनर अमित श्रेष्ठलाई ८ क्याच गराए । दोस्रो विकेटका लागि अमित र दीपेन्द्रले ५४ रनको साझेदारी गर्दै इनिङ उकासे । दीपेन्द्रले ब्यक्तिगत ६० रनमा पनि जीवनदान पाए । विनोदकै २३ औं ओभरको तेस्रो बलमा गजेन्द्र बोहराले दीपेन्द्रको क्याच छोडे ।
विनोदको २५ ओभरको अन्तिम बलमा ठुलो सट खेलेका अनिल कुमार शाह ३१ रनमा आकश चन्दबाट क्याच हुँदै पेभिलिएन फर्के । अनिलले ३९ बलमा ४ चौका प्रहार गरे । अनन्तः दीपेन्द्र विनोद लामाकै शिकार बन्न पुगे । २७ औं ओभरको पहिलो बलमा एलबीडब्लू आउट हुनु अघि दीपेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का सहित ६८ रनमा आउट भए । २८ औं ओभरको दोस्रो बलमा आकशले पवन सरार्फलाई १ रनमा एलबीडब्लू आउट गर्दै सुदुरपश्चमलाई खेलमा फर्काए ।
३५ औं ओभरको चौथो बलमा शेरले कुशल भुर्तेललाइ विकेटकिपर लोकेश बमबाट १७ रनमा स्टम्पिङ आउट गराए । कप्तान सन्तोष भट्टले ३६ औं ओभरको चौथो बलमा योगेन्द्र सिंह कार्कीलाई २९ रनमा बिक्रम ठगुन्नाबाट क्याच गराएपछि पुलिस ठूलो योगफल बनाउन चुकेको हो । योगेन्द्रले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । तल्लोक्रममा तीब्र गतिका बलर ललित सिंह भण्डारीले ४० बलमा २ चौका र ४ छक्का सहित ४० रन जोड्दै पुलिसलाई बलियो प्रतिस्पर्धात्मक योगफलमा पुर्याए । कप्तान मञ्जित श्रेष्ठ र सागर ढकालले ९-९ रन जोडे ।
स्पिनर विनोद लामाले १० ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । शेर मल्लले १० ओभरमा १ मेडन सहित ४५ रन खर्चेर ३ विकेट लिए । आकश चन्दले ९ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । सन्तोष भट्टको नाममा १ विकेट रह्यो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]