6 years ago
January 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी वसन्त रेग्मीलाई पुत्री लाभ भएको छ । वसन्त र पुनम न्यौपाने रेग्मीको पहिलो सन्तानका रुपमा बिहीबार दिउँसो ४ः१५ बजे छोरीको जन्म भएको छ ।
नेपालगन्ज नर्सिङ होममा पुनमको शल्यक्रियाबाट छोरीको जन्म भएको वसन्तले जानकारी दिए । उनका अनुसार अहिले आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको छ । वसन्त र पुनमको ५ वर्षअघि विवाह भएको थियो ।
एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका वसन्त अहिले पनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि बोलाइएका छन् । प्रशिक्षण पोखरामा सुरु भइसकेको छ । नेपालले यसै महिना अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्दैछ ।
यद्दपी बसन्त बन्द प्रशिक्षणमा जाने निश्चित भइनसकेको हाम्रो खेलकुदलाई बताए । ‘ यति बेला श्रीमति र छोरीलाई समय दिनुपर्छ,’ उनले भने,‘ प्रशिक्षणमा सामेल हुने नहुने अहिले टुंगो छैन ।’
वसन्तले इनरुवामा जारी एमएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफबाट खेलेका थिए । उनले २ खेलमा ७ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेपनि एपीएफले समूह चरण पार गर्न सकेन ।
उनले त्यसअघि पोखरामा सम्पन्न पोखरा प्रिमियर लिगमा काठमाडौं गोल्डेन वारियार्सको जर्सी पहिरिएका थिए । उनी केहि सातापछि हुने एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियार्सको टोलीमा रहनेछन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]