default_image

6 years ago

January 18, 2020

एमएम कप फाइनल : पुलिसलाई आर्मीको मध्यम लक्ष्य

132 views

0 Bookmark

सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

शनिबार बिहान इनरुवा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मी ४८.५ ओभरमा अल आउट हुँदै १ सय ८४ रनमा समेटियो । खराव सुरुवात गरेको आर्मीलाई कप्तान विनोद भण्डारी र बिक्रम शोबले आठौं विकेटका लागि ५३ रनको महत्त्वपूर्ण साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका हुन् । यी दुईबीचको साझेदारी दीपेन्द्र सिंह ऐरीले ४४ औं ओभरको पाचौं बलमा बिक्रमलाई १५ रनमा एलबीडब्लू आउट गर्दै तोडे ।

कप्तान विनोद भण्डारी ले सर्वाधिक ४० रनको योगदान दिए । पवन सरार्फलाई ठुलो सट प्रहार गरेका विनोद लङ अनमा अनिल कुमार शाहबाट क्याच हुन पुगे । विनोदले ६६ बलमा ४ चौका प्रहार गरे ।

आठौं ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीले ओपनर अनिल कुमार मण्डललाई ५ रनमा बोल्ड आउट गरे । ११ औं ओभरको तेस्रो बलमा ललित नारायण राजवंशीले सुनिल धमलाबाट राजु रिजाललाई २२ रनमा क्याच गराए । राजुले ३६ बलमा ४ चौका प्रहार गरे ।

१४ औं ओभरको तेस्रो बलमा सागर ढकालले रोहित कुमार पौडेललाई ११ रनमा एलबीडब्लू आउट गरे । १७ औं ओभरको चौथो बलमा भिम सार्कीलाई ललितले ७ रनमा बोल्ड आउट गरे ।

२० औं ओभरको चौथो बलमा कुशल मल्ललाई सागरले १३ रनमा विकेटकिपर दिलिप नाथबाट स्टम्पिङ आउट गराएपछि आर्मी ५-७७ को कमजोर अवास्थामा पुगेको थियो । कुशलले १० बलमा २ चौका प्रहार गरे । हरि बहादुर चौहान ३ रनमा आउट भए ।

सागरले २८ औं ओभरको पहिलो बलमा दिलिपबाट राजेश पुलामी मगरलाई ३१ रनमा क्याच गराएपछि आर्मी संकटमा परेको थियो । राजेशले ४९ बलमा ४ चौका प्रहार गरे । सुशन भारी ८ र साहब आलमले ४ रन जोडे ।

पुलिसका स्पिनर सागर ढकालले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले १० ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रले ९.५ ओभरमा २७ रन खर्चेर ३ र पवन सरार्फले १ विकेट लिए ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.