default_image

4 years ago

January 29, 2020

रोमाञ्चक जितसँगै न्युजिल्यान्ड सेमिफाइनलमा

एजेन्सी – न्युजिल्यान्ड दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   बुधबार राती दोस्रो क्वाटरफाइनल खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई २ विकेटको पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । वेस्ट इन्डिजले प्रस्तुत गरेको २ सय ३९ रनको लक्ष्य न्युजिल्यान्डले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । एक समय फराकिलो हार […]

37 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्ड दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

बुधबार राती दोस्रो क्वाटरफाइनल खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई २ विकेटको पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । वेस्ट इन्डिजले प्रस्तुत गरेको २ सय ३९ रनको लक्ष्य न्युजिल्यान्डले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । एक समय फराकिलो हार नजिक पुगेको न्युजिल्यान्डलाई जोए फिल्ड र क्रिस्टियन क्लार्कले नवौं विकेटका लागि १४.५ ओभरमा ८६ रनको उत्कृष्ट अविजित साझेदारी गर्दै जित पक्का गरे ।

क्लार्क ४२ बलमा ३ चौका र १ छक्का सहित ४६ रनमा अविजित रहे । जोय फिल्ड ५८ बलमा ३ चौका सहित ३८ रनमा अविजित रहे । सिमोन किनी ३३, क्विन सुन्डे ३२, फर्गस लेल्म्यान २९ र रियास मारियु २६ रनमा आउट भए । जोशुआ जेम्श र म्याथ्यू फोर्डले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिज ४७.५ ओभरमा २ सय ३८ रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजका कर्क म्याकेन्जीले १ सय ४ बलमा ११ चौका र ३ छक्का सहित ९९ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । उनी ४८ औं ओभरको पाँचौ बलमा पुन ब्याटिङ गर्न मैदान पुन आए ।

क्रिस्टियन क्लार्कको बलमा शट खेल्ने क्रममा उनको ब्याटमा इनसाइट एच लागेर बोल्ड आउट हुँदै शतक बनाउन १ रनले चुकेका थिए । एन्टोनियो मोरिसले ३१, केल्वन एन्डरसन ३३, जोशुआ जेम्स १८ रनमा आउट भए । न्युजिल्यान्डका क्रिस्टियन क्लार्कले ७.५ ओभरमा २ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए ।

पहिलो क्वाटरफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ७४ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरि सकेको छ । तेस्रो क्वाटरफाइनलमा बिहीबार समूह ‘सी’ को विजेता बंगलादेशले समूह ‘डी’ को उप विजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने छ । शुक्रबार समूह ‘डी’ को विजेता अफगानिस्तानले समूह ‘सी’ को उप विजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल माघ २१ र २३ मा हुने छ । फाइनल माघ २९ मा हुने छ ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.