default_image

4 years ago

January 30, 2020

जब ९९ मा बोल्ड भएपछि विपक्षी खेलाडीले बोकेर लगे..

एजेन्सी – क्रिकेट, एक भलाद्मीको खेलको रुपमा परिचित छ । मैदानभित्र पनि खेल भावनालाई प्रोत्साहन गर्ने कार्यले पटक पटक समर्थकमाझ यस खेलको महत्त्व थप प्रगाढ भएको देख्न सकिन्छ । यस्तै एक क्षण दक्षिण अफ्रिकामा जारी अन्डर-१९ विश्वकपका दौरान बुधबार न्युजिल्यान्ड र वेस्टइन्डिज बिचको खेलमा भयो । हरेक युवा खेलाडीको लागि यू१९ विश्वकप महत्त्वपूर्ण हुन्छ । […]

30 views

0 Bookmark

एजेन्सी – क्रिकेट, एक भलाद्मीको खेलको रुपमा परिचित छ । मैदानभित्र पनि खेल भावनालाई प्रोत्साहन गर्ने कार्यले पटक पटक समर्थकमाझ यस खेलको महत्त्व थप प्रगाढ भएको देख्न सकिन्छ । यस्तै एक क्षण दक्षिण अफ्रिकामा जारी अन्डर-१९ विश्वकपका दौरान बुधबार न्युजिल्यान्ड र वेस्टइन्डिज बिचको खेलमा भयो ।

हरेक युवा खेलाडीको लागि यू१९ विश्वकप महत्त्वपूर्ण हुन्छ । यू१९ विश्वकपको प्रर्दशनले उसको करीअरमा बदलाव आउन सक्छ । कुनैपनि देशको यू१९ टोलीले त्यस देशको सिनियर क्रिकेट टोलीको समेत भविष्य देखाउँछ । त्यसैले यू१९ विश्वकपको हरेक प्रर्दशन महत्त्वपूर्ण हुन्छ । अझ यू-१९ विश्वकपमा बनाएको शतकले विशेष महत्व राख्छ ।

बुधबार वेस्ट इन्डिजका कर्क म्याकेन्जी क्वाटरफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध ९९ रनमा आउट हुन पुगे । ४२ औं ओभरको अन्तिम बलमा म्याकेन्जी १ सय ३ बलमा ९९ रनमा खेलिरहेको अवस्थामा खुट्टामा समस्या देखिएपछि रिटायर्ड हर्ट हुँदै मैदान छाडेर पेभेलिएन फर्केका थिए । त्यसबेला वेस्ट इन्डिजले २ सय ५ रन जोड्दा ६ विकेट गुमाएको थियो ।

तर वेस्टइन्डिजले लगातार विकेट गुमाएपछि अन्तिम विकेटका रुपमा उनी ४८ औं ओभरको पाँचौ बलमा पुन: ब्याटिङ गर्न मैदान पुन आए । घाइते हुनुका बाबजुद उनीबाट शतकको अपेक्षा रहेको थियो । क्रिस्टियन क्लार्कको बलमा सट खेल्ने क्रममा उनी इनसाइड एज लागेर बोल्ड हुन पुगे । आउट भएर पेभिलिन फर्कने क्रममा हिड्न केहि असहज भएपछि न्युजिल्यान्डका खेलाडीले उनलाई बोकेर मैदान बाहिर सम्म लगेका थिए । यस कार्यलाई मैदानमा उपस्थित समर्थक, दुवै टोलीका खेलाडी लगायतले ताली बजाउँदै हौसला प्रदान गरेका थिए । समग्रमा म्याकेन्जीले १ सय ४ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।

खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई २ विकेटको पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । वेस्ट इन्डिजले प्रस्तुत गरेको २ सय ३९ रनको लक्ष्य न्युजिल्यान्डले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । एक समय फराकिलो हार नजिक पुगेको न्युजिल्यान्डलाई जोए फिल्ड र क्रिस्टियन क्लार्कले नवौं विकेटका लागि १४.५ ओभरमा ८६ रनको उत्कृष्ट अविजित साझेदारी गर्दै जित पक्का गरे ।

क्लार्क ४२ बलमा ३ चौका र १ छक्का सहित ४६ रनमा अविजित रहे । जोय फिल्ड ५८ बलमा ३ चौका सहित ३८ रनमा अविजित रहे । सिमोन किनी ३३, क्विन सुन्डे ३२, फर्गस लेल्म्यान २९ र रियास मारियु २६ रनमा आउट भए । जोशुआ जेम्श र म्याथ्यू फोर्डले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिज ४७.५ ओभरमा २ सय ३८ रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजका कर्क म्याकेन्जीले १ सय ४ बलमा ११ चौका र ३ छक्का सहित ९९ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । उनी ४८ औं ओभरको पाँचौ बलमा पुन ब्याटिङ गर्न मैदान पुन आए ।

क्रिस्टियन क्लार्कको बलमा शट खेल्ने क्रममा उनको ब्याटमा इनसाइट एच लागेर बोल्ड आउट हुँदै शतक बनाउन १ रनले चुकेका थिए । एन्टोनियो मोरिसले ३१, केल्वन एन्डरसन ३३, जोशुआ जेम्स १८ रनमा आउट भए । न्युजिल्यान्डका क्रिस्टियन क्लार्कले ७.५ ओभरमा २ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए ।

पहिलो क्वाटरफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ७४ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरि सकेको छ । तेस्रो क्वाटरफाइनलमा बिहीबार समूह ‘सी’ को विजेता बंगलादेशले समूह ‘डी’ को उप विजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने छ । शुक्रबार समूह ‘डी’ को विजेता अफगानिस्तानले समूह ‘सी’ को उप विजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल माघ २१ र २३ मा हुने छ । फाइनल माघ २९ मा हुने छ ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.