6 years ago
January 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । सोमपाल कामीले प्रतिभा घिमिरेसँग पशुपतिमा लगनगाँठो कसेका हुन् ।
सोमपाल र प्रतिभाले चारवर्ष देखीको प्रेम सम्बन्धलाई बिहीबार विवाह बन्धनमा परिणत गरेका छन् । सोमपाल र प्रतिभा २०१५ देखी प्रेम सम्बन्धमा रहँदै आएका थिए । सोमपाल २०१५ को धनगढीमा भएको एसपिएकप खेल्नेक्रममा उनीसँग प्रम सम्बन्ध अघि बढेको थियो ।
सोमपाल चोटका माघ २२ देखी २९ सम्म कीर्तिपुर क्रिकेट मैदानमा ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिजको लागि टोलीमा छैनन् । सोमपालको स्थानमा युवा तीब्र गतिका बलर कमलसिंह ऐरीलाई मौका दिइएको छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सोमपाल टोलीमा नहुँदा केहि असर पर्न सक्ने बताएका छन् । यस पटक सोमपाल कामी एभरेष्ट प्रिमियर लिग(इपिएल) चितवन टाइगर्सबाट खेल्ने छन् । काठमाडौं किंग्स-११ ले सोमपाललाई बेच्दै चितवन टाइगर्सका दीपेन्द्र सिंह ऐरीलाई टोलीमा भित्र्याएको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]