6 years ago
January 31, 2020
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान मनिष पाण्डेको अर्धशतकमा चौथो टि ट्वान्टी खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ६६ रनको लक्ष्य दिएको छ ।

शुक्रबार स्काई स्टेडियम वेलिंग्टनमन टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । प्रमुख ब्याट्सम्यान रोहित शर्मालाई आराम दिएको भारतले खराब सुरुवात गरेपनि तल्लोक्रममा मनिष पान्डेले ३६ बलमा ३ चौका सहित ५० रनमा नट आउट रहदै प्रतिस्पर्धात्मक योगफलमा पुर्याए ।
ओपनर सञ्जु स्यामसन स्कर्ट कुग्गेलेइज़नको दोस्रो ओभरको तेस्रो बलमा ठूलो सट खेल्नेक्रममा मिचेल सान्टनारबाट ८ रनमा क्याच भएका थिए । पाँचौ ओभरको तेस्रो बलमा हमिश बेनेटले कप्तान विराट कोहलीलाई मिचेल सान्टनारबाट ११ रनमा क्याच आउट गराए ।
सातौं ओभरको तेस्रो बलमा ईश सोधीले श्रेयर ऐरलाइ १ रनमा आउट गरे । ओपनर लोकेश राहुललाई नवौं ओभरको चौथो बलमा ईश सोधिलेनै ३९ रनमा सान्टनारबाट क्याच गराएपछि भारत दबाबमा परेको थियो । राहुलले २६ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सोधिलेनै ११ औं ओभरको दोस्रो बलमा शिवम दुबेलाइ १२ क्याच आउट गराएपछि भारत ८४-५ को कमजोर अवस्थामा पुगेको थियो । शार्दुल ठाकुर १५ बलमा २ चौका सहित २० रनमा आउट भए । नबदिप सैनी ९ बलमा २ चौका सहित ११ रनमा अविजित रहे।
ईश सोधीले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । हमिश बेनेटले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । मिचेल सान्टनार, स्कर्ट कुग्गेलेइज़न र टिम साउथीको नाममा १-१ विकेट रह्यो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]