default_image

6 years ago

January 31, 2020

भारत सुपर ओभरमा विजयी

127 views

0 Bookmark

एजेन्सी – पाहुना टोली भारतले लगातार दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गरेको छ । नियमित २०-२० ओभरको खेल टाई भएपछि न्युजिल्याण्डले सुपर ओभरमा प्रस्तुत गरेको १४ रनको लक्ष्य भारतले पछ्याएको थियो ।

त्यसअघि भारतले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड पुन: एक पटक फिनिसिङमा चुकेको थियो । अन्तिम दुई ओभरमा ११ रन चाहिएको अवस्थामा नवदीप सैनीले ४ रन मात्र खर्चे । अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक परेपनि क्रिजमा रहेका दुवै ब्याट्सम्यानसहित ३ खेलाडी आउट हुँदा टोली दवावमा परेको थियो । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा दोस्रो रन लिने क्रममा सान्टनर रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा भारतका जसप्रित बुमराहविरुद्ध न्युजिल्यान्डका सेफर्टले ८ रन जोड्दै आउट हुँदा मुनरोले ५ रन जोडेका थिए । जवाफमा भारतका केएल राहुलले सुरुवाती दुई बलमा छक्का र चौका प्रहार गरे । तेस्रो बलमा उनी आउट भएपनि कोहलीले २ रन र त्यसपछि चौका प्रहार गर्दै जित पक्का गरे ।

त्यसअघि न्युजिल्यान्डका ओपनर कोलिन मुनरोले ४७ बलमा ६ चौका र ३ छक्का सहित ६४ रन जोड्दै जिततर्फ उन्मुख गराएका थिए । मुनरो १२ औं ओभरको चौथो बलमा रन आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि मुनरो र टिम सेफर्टले ७४ रनको साझेदारी गरेका थिए । टिम सेफर्टले ३९  बलमा ४ चौका र ३ छक्का सहित ५७ रन जोडे । उनी अन्तिम ओभरको तेस्रो बलमा रनआउट भएपछि खेल न्युजिल्यान्डको हातबाट फुस्किएको थियो ।

ओपनर मार्टिन गुप्टिल ४ रनमा आउट भए । रस टेलर १८ बलमा २ चौका सहित २४ रन जोड्दै अन्तिम ओभरको पहिलो बलमा क्याच आउट भए । भारतका जसप्रित बुमराह, शार्दुल ठाकुर र युजभेन्द्र चहलले १-१ विकेट लिए ।

त्यसअघि शुक्रबार स्काई स्टेडियम वेलिंग्टनमन टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । प्रमुख ब्याट्सम्यान रोहित शर्मालाई आराम दिएको भारतले खराब सुरुवात गरेपनि तल्लोक्रममा मनिष पान्डेले ३६ बलमा ३ चौका सहित ५० रनमा नट आउट रहदै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए ।

ओपनर सञ्जु स्यामसन स्कर्ट कुग्गेलेइज़नको दोस्रो ओभरको तेस्रो बलमा ठूलो सट खेल्नेक्रममा मिचेल सान्टनारबाट ८ रनमा क्याच भएका थिए । पाँचौ ओभरको तेस्रो बलमा हमिश बेनेटले कप्तान विराट कोहलीलाई मिचेल सान्टनारबाट ११ रनमा क्याच आउट गराए ।

सातौं ओभरको तेस्रो बलमा ईश सोधीले श्रेयर ऐरलाइ १ रनमा आउट गरे । ओपनर लोकेश राहुललाई नवौं ओभरको चौथो बलमा ईश सोधिलेनै ३९ रनमा सान्टनारबाट क्याच गराएपछि भारत दबाबमा परेको थियो । राहुलले २६ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सोधिलेनै ११ औं ओभरको दोस्रो बलमा शिवम दुबेलाइ १२ क्याच आउट गराएपछि भारत ८४-५ को कमजोर अवस्थामा पुगेको थियो । शार्दुल ठाकुर १५ बलमा २ चौका सहित २० रनमा आउट भए । नबदिप सैनी ९ बलमा २ चौका सहित ११ रनमा अविजित रहे।

ईश सोधीले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । हमिश बेनेटले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । मिचेल सान्टनार, स्कर्ट कुग्गेलेइज़न र टिम साउथीको नाममा १-१ विकेट रह्यो ।

यस जितसँगै भारतले सिरिजमा ४-० को अग्रता लिएको छ । भारत पहिलो खेलमा ६ विकेट र दोस्रोमा ७ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा भारत सुपर ओभरमा विजयी हुँदै पाँच टि ट्वान्टी सिरिज जितेको थियो । अन्तिम खेल आइतबार हुने छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.