default_image

6 years ago

January 31, 2020

वाईवाई जिएचसिएको सुविधासम्पन्न नयाँ एकेडेमी सुचारु

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) ले ललितपुरस्थित हात्तीवनमा आधुनिक आवसिय सेवा सुविधा सहितको एकेडेमी सञ्चालनमा लिएको छ ।

आवासीय भवनसहित ४ रोपनी जग्गामा फैलिएको एकेडेमीको शुक्रबार एक कार्यक्रममाझ उद्घाटन भएको हो । सन् २०१३ देखी संचालनमा आएको जिएचसिएले शान्तिनगरस्थित एकडेमीबाट प्रशिक्षण दिँदै आएको थियो । अव जिएचसिएले शान्तिनगर र हात्तिबन दुबैबाट प्रशिक्षण गराउने छ । हात्तिबन प्रमुख र शान्तिगर शाखाका रुपमा रहने छ ।

१ करोड ५० लाख खर्चमा बनेको उक्त नयाँ एकेडेमी ४ रोपनी जग्गामा फैलिएको छ । जहाँ एकै पटक १ सय ५० जनाले प्रशिक्षण गर्न सक्ने छन् । २० जना क्षमताको आवास पनि रहेको छ । नयाँ इन्डोर सहितको एकेडेमीमा सिनियर र जुनियर दुवैको लागि फरक प्रशिक्षणको व्यवस्था रहनेछ । बलिङ मेशिनबाट पनि प्रशिक्षण गर्न मिल्ने छ । पानीको समयमा पनि प्रशिक्षण गर्न मिल्ने इन्डोर संरचना निर्माण गरिएको जिएचसिएले बनाएको छ । एकेडेमीमा क्रिकेटसँगै फुटसलको पनि व्यवस्था रहेको छ । एकेडेमीमा प्रतिभावान युवा खेलाडीलाई विशेष छुट हुने जनाइएको छ ।

जिएचसिएले नेपाललाई ऐतिहासिक वान डे मान्यता दिलाउँदाका प्रशिक्षक जगत टमटालाई प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । प्रशिक्षक टमटाले एकेडेमीले आगमी दिनमा नेपाली क्रिकेट विकासमा टेवा पुग्ने बताए । खेलाडीको लागि सुरुवाती चरण निकै महत्वपूर्ण हुँदा जिएचसिए जस्ता एकेडेमीको महत्व निकै हुने बताए ।

कार्यक्रममा ग्रेट हिमालय क्रिकेट एकेडेमीले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशालालाई १ लाख सहयोग गर्ने भएको छ । एकेडेमीका अध्यक्ष सुदीप शर्माले उद्धघाटन कार्यक्रममा फाउण्डेसनका सचिव पुरुषोत्तम हुमागाईलाई १ लाखको डमी चेक हस्तान्तरण गरे ।

जिएचसिएका अध्यक्ष सुदीप शर्माले नेपाली क्रिकेटको ग्रास रुट बलियो बनाउँदै नेपाली क्रिकेटमा राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताए । ‘यसअघि वर्षाको समयमा हाम्रो प्रशिक्षण थिएन । अब वर्षाले प्रशिक्षण प्रभावित हुने छैन । विदेश भ्रमणमा जादा हामीले जुन एकेडेमी देखेका थियौं, त्यस्तै सेवा सुविधा भएको हामी बनाएका हौं,’ शर्माले भने ।

सन् २०१३ देखी सञ्चालनमा आएको यस वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट हालसम्म नेपाली सिनियर टोलीका युवा ओपनर ईशान पाण्डे, यू१९ टोलीका स्पिनर सागर ढकाल, अभिषेक बस्नेत, हिमान्शु दत्त, प्रकाश विष्ट, विवेक कुमार यादव, यू १६ का प्रशान्त सिंह, विशाल पटेल, दिपक बोहरा जस्ता खेलाडी उत्पादन गरि सकेको छ । जिएचसिएले बंगलादेश, भारत, यूएई जस्ता देशमा वैदेशिक अनुभवका लागि खेलाडीलाई भ्रमण समेत गराउने गर्दै आएको छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.