default_image

6 years ago

January 31, 2020

एसीसी इस्टर्न रिजन टि२० : शेर पहिलो पटक राष्ट्रिय टोलीमा

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फागुन तेस्रो साता देखी थाईल्यान्डमा सुरु हुने एसीसी पुरुष इस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ ।

शुक्रबार घोषणा भएको १८ सदस्य टोलीमा शेर मल्ल पहिलो पटक टोलीमा परेका छन् । त्यस्तै स्पिनर भुवन कार्कीले पुनरागमन गरेका छन् । शेरले पछिल्लो समय उमेर र घरेलु प्रतियोगितामा उच्च प्रर्दशन गर्दै आएका छन् । शेर स्पिनर अलराउन्डर हुन् ।

मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा शेर मल्लले सुदूरपश्चिम प्रदेशलाई सेमिफाइनल सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेका थिए । एमएम कपमा शेरले ३ खेलमा १० विकेट लिए । जसक्रममा पहिलो खेलमा मलेसिया-११ लाई ४९ रनमा अलआउट गर्दा शेरले १० ओभरमा ३ मेडन राख्दै ११ रन खर्चेर ५ विकेट लिएका थिए ।

इस्टर्न रिजन टि ट्वान्टी फागुन १५ देखि २३ गते सम्म थाईल्यान्डमा हुने जनाएको छ । त्यस्तै वेस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिता फागुन ९ देखी १६ सम्म ओमानमा हुने छ । इस्टर्न रिजनमा नेपाल सहित, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया, सिंगापुर र थाईल्यान्ड रहेका छन् । वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएई रहेका छन् । इस्टर्न र वेस्टन रिजनका शीर्ष दुई दुई टोली गरी कुल चार टिमले अगष्टमा मलेसियामा एसिया टि ट्वान्टी क्वालिफयार खेल्ने छन् ।

क्वालिफयारको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि ट्वान्टी कप प्रतियोगिता खेल्ने छ । एसिया टि ट्वान्टी कपमा क्वालिफायर भएर आउने टोलीसँगै टेष्ट टोली भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ ।

नेपाली १८ सदस्य टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्र सिंह ऐरी (उप कप्तान), आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनाश  बोहोरा, कुशल मल्ल, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, सुसन भारी, किशोर महतो, लोकेश बम, शेर मल्ल, कमल सिंह ऐरी र रोहित कुमार पौडेल

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.