default_image

6 years ago

February 9, 2020

नेपालको राम्रो सुरुवात

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध राम्रो सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा १ विकेट क्षतिमा ८१ रन बनाएको छ ।

कप्तान ज्ञानेन्द्र मल्ल५१ बलमा ४ चौका र १ छक्का सहित ३५ रनमा खेलिरहेका छन् । त्यस्तै पारस खड्काले २७ बलमा ५ चौका सहित २४ रन जोडेका छन् । दोस्रो विकेटका लागि पारस र ज्ञानेन्द्रबीच ३३ रनको साझेदारी बनि सकेको छ । ज्ञानेन्द्र र पारसले राम्रो सुरुवात दिलाएका छन् ।

पहिलो विकेटका लागि ओपनर सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि १४.१ ओभरमा ४८ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । १५ औं ओभरको पहिलो बलमा अलराउन्डर मोहम्मद नदीमले सुवासलाई २२ रनमा एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । सुवासले ४२ बलमा १ चौका प्रहार गरे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.