6 years ago
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य पछ्याएको ओमानको पहिलो विकेटको पतन भएको छ । ओमानले सुरुवाती १२ ओभरमा ५१ रन जोड्न १ विकेट गुमाएको छ ।

नेपाललाई पहिलो सफलता दिलाउने क्रममा बायाँ हाते अलराउन्डर कुशल मल्लले १२ औ ओभरको दोस्रो बलमा ओमानका ओपनर जतिन्दर सिंहलाई २३ रनमा बोल्ड आउट गरे । जतिन्दरले ४१ बलमा ३ चौका प्रहार गरे ।
पहिलो विकेटका लागि जतिन्दरले ११।२ ओभरमा खावर अलीसँग ४९ रनको साझेदारी गर्दै ओमानलाई राम्रो सुरुवात दिलाए । खावर अली २३ रनमा खेलि रहेका छन् । उनलाई अकीब इलियासले साथ दिएका छन् । कशुलले २ ओभरमा १ मेडन सहित ३ रन खर्चेका १ विकेट लिए ।
नेपालले सुरुवाती १२ ओभरमा पाँच बलर प्रयोग गरि सकेको छ । करण केसीले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेका छन् । नेपालले कमल सिंह ऐरी, सुशन भारी, सन्दीप लामिछाने र कुशल मल्ल प्रयोग गरि सकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]