default_image

6 years ago

February 9, 2020

नेपालले ओमानसँग हार्नुका प्रमुख चार कारण

172 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल आइतबार ओमानसँग ८ विकेटले पराजित हुन पुगेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । जुन नेपालले ओडीआईमा विपक्षीलाई दिएको सर्वाधिक ठूलो लक्ष्य थियो । टस जितेर पहिला फिल्डिङ गर्ने ओमानका कप्तान जिशान मकसुदको निर्णयलाई नेपाली ब्याट्सम्यानले एक समय गलत सावित गर्दै बलियो योगफलमा पुर्याएका थिए । तर ओमानले उक्त लक्ष्य सहजै पुरा गर्यो । नेपालले ओमानसँग हार्नुको प्रमुख चार कारण यस प्रकार छन् ।

४. सुस्त सुरुवात

ठूलो लक्ष्यका लागि राम्रो सुरुवातको आवश्यक पर्छ । टस हारेर ब्याटिङ थालेको नेपालले ओमानलाई बलियो लक्ष्य प्रस्तुत गरेपनि सुरुवात निकै सुस्त थियो । सुरुवात अझ राम्रो गरेको भए विशाल लक्ष्य दिन सक्थ्यो । ब्याटिङलाई सहयोग पुग्ने पिचमा नेपालले सुरुवाती २० ओभरमा १ विकेट गुमाउँदै मात्रै ८१ रन बनाएको थियो । सुरुवाती १ सय २० बल मध्य नेपालले ७६ बल डटको सामना गरेको थियो ।

७६ डट बल मध्य नेपालले मात्रै ३० बलमा सिंगल रन जोडेको भए सुरुवाती २० ओभरमा १ सय १० रन भन्दा माथि रन बनाउँदै ओमानका खेलाडीलाई दबाबमा राख्दै विशाल योगफल बनाउन सक्थ्यो । नेपालले अन्तिम ३० ओभरमा १ सय ६८ रन जोडेको थियो । ब्याटिङलाई सहयोग पुग्ने पिचमा सुरुवाती समय अझ धेरै रन जोड्न सकेको भए ठूलो योगफल बनाउदै विपक्ष्यलाई दबाबमा राख्न सक्थ्यो र नतिजा नेपालको पक्षमा आउन सक्थ्यो ।

३. अकीब र जिशानको शतकीय साझेदारी

ओमानलाई सहज जित दिलाउन तेस्रो विकेटका लागि अकीब इलियास र जिशान मकसुदले १ सय ६७ रनको अविजित शतकीय साझेदारी गरे । जुन साझेदारीको कारण ओमानले सहजै लक्ष्य पुरा गर्यो । उक्त साझेदारी नेपालले एक सय रन भन्दा अघिनै तोड्न सेकेको भए नयाँ ब्याट्सम्यानलाई खेल्न दबाब हुने थियो । दबाबमा आउँदै खराब सट खेल्दा लगातार विकेट पतन हुने सम्भावना रहन्थ्यो । जसले नतिजा नेपालको पक्ष्यमा आउन सक्थ्यो । तर नेपाली बलर यी दुई ब्याट्सम्यान सामु निरिह बने । जसको कारण नेपाल पराजित हुन पुग्यो ।

२. अकीबको क्याच छुट्नु

हारको अर्को कारण आरिफ शेखले शतकीय इनिङ खेलेका अकीबलाई जीवनदान दिएका थिए । ओमानको जितमा अकीब इलियास १ सय ८ बलमा १२ चौका र १ छक्का सहित १ सय ९ रनमा अविजित रहँदै जित पक्का गरे । शतक प्रहार गर्नुअघि उनले ठूलो जीवनदान पाएका थिए । करण केसीको २५ औं ओभरको पाँचौ बलमा सट खेल्नेक्रममा प्वाइन्टमा रहेका आरिफ शेखले अकीबको सहज क्याच छोडेका थिए । जुन समय उनी व्यक्तिगत ३७ रनमा थिए । उक्त क्याच लिन सकेको भए नतिजा नेपालको पक्षमा आउन सक्थ्यो ।

१. खराब बलिङ

ओमानसँग हारको मुख्य कारणनै बलरको खराब प्रर्दशन हो । नेपालको जितको मुख्य आधार बलिङनै हो । बलिङनै खराब गरेपछि रनको पहाडनै बनाएपनि जित निकाल्न कठिन पर्छ । नेपालले आज ७ बलर प्रयोग गरेको थियो । जसमा कुशल मल्ल र सुशन भारीले मात्र १-१ विकेट लिए । प्रमुख स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ६५ रन खर्चेपनि विकेट लिन सकेनन् ।

करणले ९ ओभरमा ४४ रन खर्चिए । डेब्यू गरेका बलर कमल सिंह ऐरीले ४ ओभरमा २९ रन खर्चिए । सुशनले ७.२ ओभरमा ४१ रन खर्चेका थिए । कुनै पनि बलरले राम्रो प्रर्दशन गर्न सकेनन् । जसको कारण नेपाल पराजित हुन पुग्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.