default_image

6 years ago

February 9, 2020

ओमानविरुद्ध हारमा बनेका ४ कीर्तिमान

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल आइतबार ओमानसँग ८ विकेटले पराजित हुन पुग्यो । जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पनि नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।

नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । जुन नेपालले ओडीआईमा विपक्षीलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो । बलियो योगफल बनाएपनि कमजोर बलिङको कारण नेपाल पराजित हुन पुग्यो । जसक्रममा केहि कीर्तिमान बन्न पुगेका छन् । हारसँगै नेपालको नाममा सकारात्मक भन्दा नकारात्मक कीर्तिमान बढी बनेका छन् ।

४. ओडीआईमा नेपालविरुद्ध ठूलो साझेदारी

ओमानलाई सहज जित दिलाउन तेस्रो विकेटका लागि अकीब इलियास र कप्तान जिशान मकसुदले १ सय ६७ रनको अविजित शतकीय साझेदारी गरेका थिए । जुन साझेदारीको कारण ओमानले सहजै लक्ष्य पुरा गर्यो । उक्त साझेदारी नेपालविरुद्ध ओडीआईमा विपक्षी टोलीले बनाएको उच्च हो । त्यस्तै ओमानले ओडीआईमा गरेको कुनै पनि विकेटका लागि उच्च साझेदारी पनि बन्न पुगेको छ ।

३. ओडीआईमा नेपालविरुद्ध शतक प्रहार गर्ने अकीब पहिलो खेलाडी

ओमानको जितमा अकीब इलियास १ सय ८ बलमा १२ चौका र १ छक्का सहित १ सय ९ रनमा अविजित रहँदै जित पक्का गरे । नेपालले ओडीआई मान्यता पाएको २ वर्ष पुग्न लाग्दा ९ खेल खेलेको छ । जसक्रममा नेपालविरुद्ध शतक प्रहार गर्ने अकीब पहिलो ब्याट्सम्यान हुन् । यस अघि गतवर्ष यूएईसँगको तेस्रो खेलमा शैमान अनवारले ७० बलमा ९ चौका र २ छक्का सहित ८७ रनको इनिङ खेलेका थिए । जुन नेपालविरुद्ध ओडीआईमा विपक्षीले प्रहार गरेको उच्च रन थियो ।

२. विकेटका हिसाबमा ठूलो हार

ओमानसँगको ८ विकेटको हार ओडीआईमा विकेटका हिसाबमा नेपालले बेहोरेको सर्वाधिक ठूलो हारमा पर्दछ । नेपालले ओडीआईमा ९ खेल मध्य ५ खेल हारेको छ । जसमा विकेटका हिसाबमा यो ठूलो हार हो । नेपाल नेदरल्यान्डसँग पहिलो खेलमा ५५ रन, यूएईसँग एसिया कपमा ७८ रन, यूएईसँगको तीन सिरिज अन्तर्गत पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो । त्यस्तै त्रिकोणात्मक सिरिजमा नेपाल बुधबार ओमानसँग १८ रनले पराजित हुन पुगेको थियो ।

१.सर्वाधिक ठूलो लक्ष्य

आइतबार बिहान टीयू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनाएको थियो । जुन नेपालले ओडीआईमा विपक्षलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो । नेपालले गतवर्ष यूएईलाई दोस्रो खेलमा २ सय ४३ रनको लक्ष्य दिएको थियो । जसक्रममा यूएई लक्ष्य पक्ष्याउने क्रममा ९७ रनमा अल आउट भएपछि नेपाल १ सय ४५ रनको फराकिलो जित हात पारेको थियो ।

सम्रगमा नेपालको यो उच्च दोस्रो ठूलो योगफल हो । यसअघि नेपालले यूएईविरुद्ध तेस्रो खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पुरा गर्दै ऐतिहासिक ओडीआई सिरिज जितेको थियो ।

यो पनि पढ्नुहोस : नेपालले ओमानसँग हार्नुका प्रमुख चार कारण

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

Success

Thank you for your time.