6 years ago
February 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सले दोस्रो विदेशी खेलाडीको रुपमा आयरल्यान्डका पल स्टर्लिङ रहेको जनाएको छ ।

स्टर्लिङले गत वर्ष पनि चितवनबाटै इपिएल खेलेका थिए । उनले ३ टेष्ट, १ सय १७ ओडीआई र ७५ टि ट्वान्टी आई खेलेका छन् । जसमा उनले टी ट्वान्टीमा १७ अर्ध शतक सहित कुल २ हजार २५ रन बनाएका छन् । विश्फोटक ब्याटिङका लागि प्रख्यात स्टर्लिङले गत वर्ष इपिएलमा ६ खेलमा १ सय ५७ रन बनाएका थिए । उनले ओडीआईमा ८ शतक र २१ अर्ध शतक सहित कुल ४ हजार १ सय २१ रन बनाएका छन् । १ सय ७७ रन उनको ओडीआईको उच्च प्रर्दशन हो ।
यस अघिनै चितवनले अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादको नाम घोषणा गरि सकेको छ । चितवनले यस पटक कप्तान पृथु वास्कोटालाई पोखरा राइनोज र उप कप्तान दीपेन्द्र सिंह ऐरीलाई काठमाडौं किंग्स ११ लाई बेचेको छ । काठमाडौंका तीब्र गतिका बलर सोमपाल कामी यस पटक चितवनबाट इपिएल खेल्ने छन् ।
चितवनमा सोमपालसँगै, दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, कमल सिंह ऐरी, भिम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे र खडक बोहरा स्वदेशी खेलाडी रहेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]