default_image

6 years ago

February 18, 2020

गण्डकी प्रदेश यू १६ क्रिकेट – नवलपुर शीर्षस्थानमा

117 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) –पोखरा रंगशालामा जारी गण्डकी प्रदेश स्तरीय यु–१६ एक दिवसीय क्रिकेट प्रतियोगितामा नवलपुर शीर्ष स्थानमा उक्लिएको छ । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा भएको लिगमा २ खेल खेलेको नवलपुरको ४ अंक छ ।

नवलपुर रन रेटको आधारमा शिर्षमा रहेको हो । समान अंक भएको कास्की ए दोस्रो र बागलुङ तेस्रो स्थानमा छ । राउन्ड रोविनको आधारमा जारी लिगमा नवलपुरको नेट रन रेट २.१०३ र कास्कीको नेट रन रेट ०.२४ छ । ४ खेल खेलेको बागलुङ २ खेलमा जित र २ खेलमा हार बेहोर्दै .तेस्रो स्थानमा छ । बागलुङको नेट रन रेट ०.२१२ छ ।

त्यस्तै खेलेका सबै ३ खेलमा हार बेहोरेको स्याङ्जा अंक विहिन छ । एक खेलमा हार बेहोरेको कास्की बी पुछारमा छ । लिगमा मंगलबार कास्की बी र नवलपुरबीच प्रतिस्पर्धा हुनेछ । अन्तर्गत आज कास्की वि र नवलपुर विच खेल हुदैँ छ । राउन्ड रोविनको आधारमा खेलाइएको एक दिवसीय लिगको विजेता टोलीले २० हजार रुपैयाँ पप्त गर्नेछ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.