6 years ago
February 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका अभियन्ता धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यति बेला काठमाडौंमा छन् ।

रंगशाला निर्माणकै क्रममा अधिकांश समय चितवनमै रहँदै आएका कट्टेल आफुले अभिनय र निर्माण गरेको चलचित्र सेन्टी भाइरसको रिलिज मिति नजिकिदै गर्दा काठमाडौं आएका हुन् । सेन्टी भाइरस शुक्रबार रिजल हुँदैछ ।
फिल्मको प्रोमसनमा व्यस्त रहँदा रहँदै धुर्मुस सुन्तली बुधबार शंखमुलस्थित अवरनेस इन्टरनेसनल एकेडेमी (एआईए) विद्यालयमा पुगेका थिए । उनीहरुलाई साथ दिन चर्चित खेलाडीको पनि बाल्को उपस्थिति थियो ।
रंगशाला निर्माणको खेलकुद समितिका संयोजक समेत रहेका ओलम्पियन दीपक विष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, अर्का ओलम्प्यिन कमल अधिकारी, १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दाहोरो स्वर्ण पदक विजेता करातेका मण्डेकाजी श्रेष्ठ, आयशा शाक्य, स्वर्ण पदक विजेता करातेकी अनु अधिकारी उपस्थित थिए ।

धुर्मुस सुन्तली र खेलाडी एआईए पुग्नुको कारण थियो, निर्माणाधिन रंगशालाका लागि त्यहाँका विधार्थीहरुबाट संकलित रकम हस्तान्तरण कार्यक्रम । विधार्थीहरुले एउटा समितिनै बनाएर आर्थिक संकलन अभियान थालेका थिए ।
त्यसमा विद्यालयले पनि ५० हजार रुपैयाँ थपेर ३ लाख ४० हजार २ सय रुपैयाँको चेक धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमका दौरान पनि विधार्थी र अविभावकले अभियानमा आर्थिक सहयोग गरेका थिए ।
सामाजिक काममा लागेका धुर्मुस र सुन्तली कहिल्यै नथाकुन भन्ने कामनासहित आर्थिक संकलनको अभियान सुरु गरिएको समितिका सचिवले आफ्नो मन्तव्यका क्रममा बताए । ओलम्पियन दीपक विष्टले रंगशाला खेलाडीहरुका लागि मन्दिर भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
धुर्मुस र सुन्तलीले संयुक्त रुपमा विधार्थी, अविभावक र शिक्षकहरुलाई सम्बोधन गर्दै अभियानमा साथ दिने विधार्थी, अविभावक र विद्यालय प्रशासनलाई धन्यवाद दिए । सुन्तलीले सबैको साथ रहँदा ३ अर्ब संकलन हुन कठिन नहुने विश्वास व्यक्त गरिन् । उनले यो रंगशालाको निर्माणको महान अभियानमा जोडिएकोमा विधार्थीहरुलाई धन्यवाद दिइन् ।

धुमुर्सले भने ‘ आउने दिनमा चितवनमा रंगशालामा मात्र ठडिने होइन, सबैको भावना ठडिने, सबैको मनोबल ठडिने छ ।’ सेन्टी भाइरसको खर्च कटाएर नाफाको ५० प्रतिशत रकम रंगशालामा निर्माणमै खर्च गरिने धुमुर्सले यसअघि नै घोषाणा गरिसकेका छन् ।
तीन महिनादेखि रंगशाला निर्माण तीब्र रुपमा अघि बढिरहेको छ । अबको चार महिनामा मैदान तयार हुने धुर्मुसले जानकारी गराए । धुर्मुसले विधार्थीहरुलाई लिएर निर्माणधिन रंगशाला निरक्षणमा आउन शिक्षक परिवारलाई निमन्त्रणा समेत दिएका थिए ।
विद्यालयका प्रिन्सिपल विमले घिमिरेले सानो प्रयासर्ला महत्व दिएर धुर्मुस सुन्तली र खेलाडीले महत्व दिएर उपस्थित भएकाले अझ राम्रो काम गर्ने उर्जा मिलेको बताए ।
यसरी सुरु भयो अभियान
एआईएमा अध्ययनरत विद्यार्थीहरुले एउटा समिति नै निर्माण गरेर आर्थिक सहयोग संकगन गरेका थिए । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले राजधानीमा एक क्याम्पसले आयोजना गरेको ‘स्लाइड सो प्रतियोगिता’ प्रथम भई २० हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गरेका थिए । त्यसमध्येबाट २ हजार छुट्टाएर उनीहरुले विद्यालयका प्रधानाध्यापकलाई धुर्मुस–सुन्तली फाउण्डेसनलाई पु¥याइदिन आग्रह गरेका थिए ।

२ हजार रुपैयाँ बुझ्दै प्रधानाध्यापक विमल घिमिरेले त्यसलाई बढाएर ५० हजार पु¥याएर फाउन्डेसनलाई हस्तान्तरण गर्ने वचन दिएको समितिका सचिव अभिषेक गौतमले स्मरण गरे । विद्यालयका सह प्रधानाध्यापक खगेश्वर गिरीका अनुसार विद्यार्थीको हौसला अभिवृद्धिकालाई विद्यालयमा ‘मेला’ सञ्चालन गरी विद्यार्थीलाई नै अनेक परिकार बनाउन सिकायो र विक्री गरेर बचेको सम्पूर्ण रकम फाउण्डेसनका निम्ति छुट्टायो ।
अभिभावकलाई मनोसञ्जनात्मक खेल खेलाएको स्मरण गर्दै विद्यालयका सञ्चालक तथा शिक्षक कृष्ण प्रसाद गैरेले विद्यार्थीहरुले आफ्नो अभिभावकसँग धेरै रकम डोनेसन बक्समा राख्नका लागि खेल खेलाएर मनोरञ्जन दिलाए, आफ्ना बाबुनानीहरुलाई हौसला बढाउन अभिभावकले पनि खुलेरै सहयोग गरेको बताए ।

एआईएका पूर्वविद्यार्थी समाजका अध्यक्ष समेत रहेका समुन्द्र तिमल्सिनाको पहलमा १ हजार ५ सय ५४ अमेरिकी डलर उठेको थियो । त्यस्तै विद्यार्थीहरुले खाजाको रकम कट्टा गरेरै डोनेसन बक्समा जम्मा गरेका थिए । एआईए मा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुले एक दिनको तलव धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग स्वरुप प्रदान गरेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]