6 years ago
February 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – छटौं संस्करणको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको उपाधि कामना सेवा विकास बैंकले जितेको छ । बुधबार टीयू क्रिकेट मैदानमा भएको फाइनलमा भारतीय राजदूतावासलाई ८ रनले पराजित गर्दै कामना सेवा विकास बैंकले पहिलो पटक उपाधि जितेको हो ।

जितका लागि ६३ रनको लक्ष्य पछ्याएको राजदूतावासले ५ ओभरमा ५४ रन मात्र बनाउन सक्यो। भारतीय राजदूतावासका सुभास सिंहले २८ तथा निरज कुमार सिंहले ११ रन बनाए । कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव, केशव गिरि र घनश्याम ढुंगेलले समान १-१ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ थालेको कामना सेवा विकास बैंकले ५ ओभरमा ५ विकेट गुमाएर ६२ रन बनाएको थियो । कामनाका हेमन्त श्रीवास्तवले सर्वाधिक ३३ रन बनाए जुन क्रममा १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। सुरेश उप्रेतीले १३ रन बनाए ।
भारतीय राजदूतावासका बलर निरज सिंहले १ विकेट लिए । यस अघि सम्पन्न पहिलो सेमीफाइनलमा भारतीय राजदूतावासले एनसेल ए लाई १९ रनले पराजित गरेको थियो । यस्तै कामना सेवा विकास बैंकले सिभिल बैंकलाई १५ रनले पराजित गरेको थियो ।

फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए । प्रतियोगिताभर कुल २ सय ५ रन बनाउनुको साथै ४ विकेट लिए।
यस्तै उत्कृष्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली चुनिए। उत्कृष्ट ब्याट्सम्यान सेन्चुरी बैंकका सुरज तिमिल्सिना चुनिए। उत्कृष्ट किपर भारतीय राजदूतावासका राजेश चौधरी तथा उत्कृस्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक दली चुनिए ।

फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त गर्यो । प्रतियोगिताका सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी सेन्चुरी बैंकका सुरज तिमिल्सिना रहे । प्रतियोगिताको विजेताले ट्रफीसहित आकर्षक गिफ्टका साथै अर्को वर्षको प्रतियोगितामा निःशुल्क प्रवेश पाएका छन् ।
उपविजेताले पनि ट्रफीसँगै गिफ्ट ह्याम्पर प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, विकेट किपर, सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीहरुले ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]