6 years ago
February 26, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर बनेका छन् । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र पारसले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षको रहने बताइएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले सम्झौताले दुवै पक्षलाई फलदायी र प्रभावकारी हुने विश्वास व्यक्त गरे । टेलिकमको युवाहरु लक्षित नयाँ योजना आइरहेको र पारस युवाहरुका बीचमा लोकप्रिय भएका कारण पनि उनलाई एम्बेसडर बनाइएको बताए । पारसले देशकै ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग आबद्ध हुन पाउँदा गौरव महसुस भएको बताएका छन् ।

उनले एक वर्षमा नेपाल टेलिकमको प्रशद्र्धनका लागि प्रचार प्रसारमा भूमिका निर्वाह गर्नेछन् । नेपाल टेलिकमले ए डिभिजन टोली नेपाल पुलिस क्लबलाई पनि मुख्य प्रायोजन गर्दै आएको छ । महेन्द्राको आधिकारिक विक्रेता अग्नी ग्रुपले पनि आज पारसलाई ब्रान्ड एम्बेसडर घोषणा गर्दैछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]