6 years ago
February 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा सर्वाधिक सफल अलराउन्डर पारस खड्का अग्नि ग्रुप अन्तर्गत महिन्द्राको ब्रान्ड एम्बेसडर घोषित भएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई महिन्द्राको आधिकारीक विक्रेता अग्नि ग्रुपले एक्सयूभी ३०० गाडी प्रदान गरिएको हो । पारस अग्नि ग्रुपको ब्रान्ड एम्बेसडरमा नियुक्त भएसँगै उक्त गाडी पाएका हुन् । पारसलाई अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले सहकार्यको घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड विजेता गाडी एक्सयूभी ३०० हस्तान्तरण गरेका हुन् ।

‘अग्नि ग्रुपसँग मेरो सधैं असल सम्बन्ध रहेको छ । म यो ग्रुपको डिस्ट्रिब्युटरसीप रहेको मोटरसाइकलको समयदेखि नै ब्रान्डको साथमा छु । लामो समय देखी अग्नि ग्रुपसँग मेरो सम्बन्ध राम्रो छ । पेशागत कारणले पनि सधैं मेरो एक्सयूभी गाडी पहिलो रोजाईमा पर्दै आएको छ’, पारसले ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि भने ।

December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]