6 years ago
February 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर अरियो पौडेलको उत्कृष्ट बलिङमा हिमालय क्रिकेट लिग यू१९ दुई दिवसिय प्रतियोगितामा आयोजक वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमी फाइनलमा पुगेको छ ।

बुधबार नेक्सस क्रिकेट एकेडेमीलाई ६३ रनको इनिङ अन्तरले पराजित गर्दै ग्रेट हिमालय फाइनलमा प्रवेश गरेको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी प्रतियोगितामा नेक्सस पहिलो इनिङमा २४ ओभरमा ४० रनमा अल आउट भएको थियो । नेक्ससका कृश कार्कीले १४ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन छुन सकेनन् । ग्रेट हिमालयका मोहम्मद हुसेनले ५, सोनु देवकोटा र राशीद खानले २-२ विकेट लिए । अरियो पौडेलको नाममा १ विकेट रह्यो ।
पहिलो इनिङमा ग्रेट हिमालयले ५१ ओभरमा २२०-८ को अवस्थामा इनिङ समाप्तीको घोषणा गर्यो । जसक्रममा ग्रेट हिमालयले १ सय ८० रनको अग्रता कायम गरेको थियो । ग्रेट हिमालयका कप्तान आशिफ शेख ५१ र प्रशान्त सिंहले ५० रनको अर्ध शतकीय इनिङ खेले । नेक्ससका स्पिनर नरेन साउदले ६ विकेट लिए ।
दोस्रो इनिङमा नेक्सस ४२ ओभरमा १सय १७ रनमा अल आउट भएपछि ग्रेट हिमालय इनिङ अन्तरको जित सहित फाइनलमा पुगेको हो । नेक्ससका विशाल विक्रम केसी १८, महेश राना २३, उत्तम थापा १६ रनमा आउट हुँदा कृश कार्की २३ रनमा अविजित रहे । ग्रेट हिमालयका अरियो पौडेलले १८ ओभरमा ८ मेडन सहित २९ रन खर्चेर ८ विकेट लिए ।
ग्रेट हिमालयले उपाधिको लागि समुह ए को विजेतासँग प्रतिस्पर्धा गर्ने छन् । समुह एमा काठमाडौं क्रिकेट टेनिङ सेन्टर, ओसिस क्रिकेट एकेडेमी र वालुवाटार क्रिकेट एकेडेमी रहेका छन् । वालुवाटार दुबै खेलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिसकेको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]