default_image

6 years ago

February 26, 2020

विराटलाई पछि पार्दै स्मिथ शीर्षस्थानमा

131 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टेष्ट वरियतामा भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएका छन् ।

आइसीसीले बुधबार सार्वजनिक गरेको नयाँ टेष्ट वरियतामा स्मिथ ९ सय ११ रेटिङ सहित शीर्ष स्थानमा उक्लिएका छन् । विराट कोहली ९ सय ६ रेटिङ सहित दोस्रो स्थानमा झरेका छन् । कोहली न्युजिल्यान्डसँगको पहिलो टेष्टमा २ र १९ रनमा आउट भएसँगै वरियतामा पनि खस्किन पुगेका हुन् ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले पनि एक स्थान सुधार गर्दै शीर्ष तीनमा उक्लिएका छन् । अष्ट्रेलियाका युवा ब्याट्सम्यान मार्नस लाबुसेन एक स्थान खस्किदै चौथो स्थानमा पुगेका छन् । पाकिस्तानका बाबर आजम पाँचौ र अष्ट्रेलियाका अ‍ोपनर डेविड वार्नर छैटौं स्थानमा छन् । बलिङतर्फ अष्ट्रेलियाका तीब्र गतिका बलर प्याट कमिन्स नै शीर्षस्थानमा यथावत छन् ।

न्युजिल्यान्डका तीब्र गतिका बलर टिम साउथीले एकै पटक ८ स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएका छन् । साउथीले भारतसँगको पहिलो टेष्टमा दुई इनिङमा गरि ९ विकेट लिएका थिए । अलराउन्डरतर्फ वेस्ट इन्डिजका जोसन होल्डर शीर्ष र इंग्लयान्डका बेन स्टोक्स दोस्रो स्थानमा छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.