default_image

4 years ago

February 27, 2020

अष्ट्रेलियासँग दक्षिण अफ्रिकाको लज्जास्पद हार

एजेन्सी – दक्षिण अफ्रिकासँगको तीन खेलको टि ट्वान्टी सिरिज पाहुना टोली अष्ट्रेलियाले २–१ ले जितेको छ । बुधबार राती घरेलु टोली दक्षिण अफ्रिकालाई ९७ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले सिरिज जितेको हो । जितका लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५.३ ओभरमा ९६ रनमा अल आउट हुन पुग्यो । उसका […]

43 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकासँगको तीन खेलको टि ट्वान्टी सिरिज पाहुना टोली अष्ट्रेलियाले २–१ ले जितेको छ ।

बुधबार राती घरेलु टोली दक्षिण अफ्रिकालाई ९७ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले सिरिज जितेको हो । जितका लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५.३ ओभरमा ९६ रनमा अल आउट हुन पुग्यो । उसका रस्सी भान डर दुसेनले २४, हेनरिक क्वालासेन २२ र डेविड मिलर १५ रनमा आउट भए ।

दक्षिण अफ्रिका ७ खेलाडीले दोहोरो अंकका रन जोड्न सकेनन् । अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले २.३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै स्पिनर एस्टन एगरले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । एडम जम्पा २, प्याट कमिन्स र मिचेल मार्शको नाममा १-१ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो । ओपनर डेविड वार्नरले ३७ बलमा ५ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए । त्यस्तै कप्तान आरोन फिन्चले ३७ बलमा ६ चौका र १ चौका सहित ५५ रन जोडे ।

पहिलो विकेटका लागि वार्नर र फिन्चले ११.३ ओभरमा १ सय २० रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्टिभ स्मिथ १५ बलमा २ छक्का सहित ३० रनमा अविजित रहे । म्याथ्यु वेड १० र मिचेल मार्श १९ रनमा आउट हुन पुगे । दक्षिण अफ्रिकाका कागिसो रबाडा, एनरिच नोर्टिज, लुन्गी निग्डी ड्वेन प्रिटियोरस र तरवेज शम्सीले १–१ विकेट लिए ।

पहिलो खेलमा अष्ट्रेलिया १ सय ७ रनले विजयी भएको थियो । दोस्रो खेलमा भने दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १२ रनले पराजित गरेको थियो । दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच थप तीन ओडीआई सिरिज पनि हुने छ । पहिलो खेल शनिबार बोलान्ड पार्कमा हुने छ ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.