default_image

6 years ago

February 28, 2020

इस्टर्न रिजनको ट्रफी सार्वजनिक

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा शनिबार सुरु हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । 
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले शुक्रबार सहभागि हुने पाँच राष्ट्रका कप्तानबीच ट्रफी सार्वजनिक गरेको छ । ट्रफी सार्वजनिक कार्यक्रममा नेपाल कप्तान ज्ञानेन्द्र मल्ल सहित थाईल्यान्ड, हङकङ, सिंगापुर र मलेसिया कप्तानको सहभागिता थियो ।
इस्टर्न रिजन लिगका आधारमा हुने छ । लिगपछि शीर्ष दुई टोली अगष्टमा मलेसियामा हुने एसिया टि ट्वान्टी क्वालिफयारको लागि छनोट हुने छन् ।
चीन, भुटान र म्यानमारलेले कोरोना भाईरसको कारण आफ्नो नाम फिर्ता लिएपछि लिगको आधारमा हुन लागेको हो ।  इस्टर्न रिजनका शीर्ष दुई टोली र वेस्टर्न रिजनका विजेता यूएई र उप विजेता कुवेतबीच अगष्टमा मलेसियामा एसिया टि ट्वान्टी क्वालिफयार हुने छ ।
जसको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि ट्वान्टी कप प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्न पाउने छ ।
नेपालले पहिलो खेल शनिवार मलेसियासँग खेल्ने छ । आइतबार हङकङ, वुधबार थाईल्यान्ड र शुक्रबार सिंगापुरसँग खेल्ने छ । उपाधि जित्ने लक्ष्य सहित नेपाली टोली विहीबार थाईल्यान्ड पुगेको छ ।

 

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.