default_image

6 years ago

February 28, 2020

एसीसी इस्टर्न रिजन टि२० – सम्पूर्ण जानकारी

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा शनिबारदेखि एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित पाँच राष्ट्र सहभागि रहेका छन् ।

इस्टर्न रिजन अन्तर्गत राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले आगामी अगष्टमा मलेसियामा हुने एसीसी एसिया टि ट्वान्टी कप छनोटमा स्थान बनाउने छन् । एसिया कप छनोटमा इस्टर्न रिजनका शीर्ष दुई टोलीसँगै वेस्टर्न रिजनका विजेता यूएई र उपविजेता कुवेतबीच प्रतिस्पर्धा हुने छ । जसको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउने छ ।

एसिया कपमा पुग्ने प्रमुख दाबेदार मध्य एक नेपाल इस्टर्न रिजनको उपाधि जित्ने लक्ष्य सहित बिहीबार थाईल्यान्ड पुगिसकेको छ । इस्टर्न  रिजनमा नेपाल सहित आयोजक थाईल्यान्ड, हङकङ, मलेसिया र सिंगापुर छन् ।

तुलनात्मक रुपमा र वरियताको हिसाबमा नेपाल प्रतियोगिताको सर्वाधिक बलियो टोली हो । तर विहीबार सम्पन्न वेस्टर्न रिजनको नतिजाले नेपाल विपक्षी देखि सजग छ । वेस्टर्न रिजनबाट उपाधिको प्रमुख दावेदार घरेलु टोली ओमान कतारसँग पराजित हुँदै समुह चरणबाटै अप्रत्याशित रुपमा बाहिरिन पुग्यो । राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल टि ट्वान्टीमा कुनै पनि टोलीको भर नहुने हुँदा जुनसुकै टोलीले एक-अर्कालाई हराउन सक्ने क्षमता रहेको बताउँछन् ।

इस्टर्न रिजनमा नेपाल एक्लो आईसीसीको एक दिवसिय मान्यता पाएको टोली हो । टि ट्वान्टी वरियतामा नेपाल १२, हङकङ २०, सिंगापुर २१, मलेसिया ३९ र थाईल्यान्ड ६५ औं स्थानमा छन् । तर क्रिकेट ब्याट र बलको खेल हो । वरियताले फरक पार्दैन । जितको लागि खेलमा उत्कृष्ट प्रर्दशन गर्नुपर्छ । जुन कुरा नेपाली टोलीलाई राम्रोसँग थाहा छ ।

उपाधिमा दबाब

विपक्षी हेर्दा नेपाललाई एसिया कप टि ट्वान्टी छनोटमा स्थान बनाउन कठिन देखिदैन । तर नेपाललाई उपाधि रक्षाको लागि भने केहि दबाब रहन्छ । प्रतियोगिताको उच्च स्तरको टोली हुँदा नेपाललाई उपाधि रक्षा गर्न अन्य टोलीलाई भन्दा केहि दबाब छ । अन्य टोलीको लागि उपाधि नजित्दा खासै फरक पर्दैन । जुन नेपाल भन्दा तुलनात्मक रुपमा कमजोर छन् । आफ्नो क्षमता र स्तर अनुसार प्रर्दशन गर्ने हो भने इस्टर्न रिजनमा नेपाललाई च्याम्पियन बन्न खासै कठिन देखिँदैन ।

विपक्षीदेखि सजग

नेपालले कुनै पनि टोलीलाई कमजोर मानेको छैन । गत जुलाईमा सिंगापुरमा एसिया टि ट्वान्टी विश्वकप छनोटबाट नेपालले राम्रो पाठ सिकेको छ । विश्वकप छनोटमा नेपाल सिंगापुर र कतारसँग नाटकीय रुपमा पराजित हुँदै बाहिरिएको थियो । यता इस्टर्न रिजनमा पनि ओमान नाटकीय रुपमा बाहिरिएको छ । टि ट्वान्टीमा भर नहुने हुँदा त्यसैले नेपाल विपक्षीदेखि सजग छ ।

नेपाल युवामा निर्भर

नेपाली क्रिकेट टोली युवा खेलाडीमा निर्भर छ । विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ललाई छाड्ने हो भने टोलीमा सबै युवा खेलाडी छन् । स्पिनर सन्दीप लामिछाने, सुशन भारी, अलराउन्डर कुशल मल्ल, उप कप्तान दीपेन्द्र सिंह ऐरी, तीब्र गतिका बलर अभिनाश बोहरा, करण केसी र आरिफ शेखको प्रर्दशनले ठूलो प्रभाव पार्ने छ ।

कोरोना भाईरसले थपेको चिन्ता

यस पटक खेलाडीलाई विश्वभर फैलिरहेको कोरोना भाईरसले केहि चिन्ता थपेको छ । कोरोना भाइरसको कारण भुटान, चीन र म्यानमारले प्रतियोगिताबाट नामनै फिर्ता लिए । नेपाल क्रिकेट संघ (क्यान) ले सबै खेलाडीलाई विशेष ध्यान दिन आग्रह गरेको छ । खेल बाहेक अन्य समयमा होटलबाट बाहिर नजान क्यानले सबै खेलाडीलाई अनुरोध पनि गरेको छ ।

ओपनिङमा कुशलको सम्भावना

पछिल्लो समय प्राय फरक प्रतियोगितामा नयाँ ओपनिङ जोडी प्रयोग गरि हरेको नेपालले इस्टर्न रिजनमा पनि नयाँ ओपनर मैदान उतार्न सक्ने सम्भावना छ । यसअघि टि ट्वान्टीमा ज्ञानेन्द्र र पारस खड्काले गर्दै आएका थिए । यसपटक बायाँ हाते युवा अलराउन्डर कुशल मल्ल र पारसले गर्ने सम्भावना छ । टोलीले बन्द प्रशिक्षणमा कुशललाई ओपनिङको लागि तयार पारिरहेको प्रशिक्षक जगत टमाटा बताउँछन् ।

कुशलले पनि उमेर समुह र फ्रेन्चाइज लिगमा ओपनिङ गरि सकेका छन् । अघिल्लो महिना आईसीसी विश्वकप लिग२ अन्तर्गत अमेरिकासँगको पहिलो खेलमा कुशलले ओडीआईमा डेब्यू गर्दै विश्व कीर्तिमानी अर्ध शतक प्रहार गरेका थिए । पावर प्ले को फाइदा उठाउन पनि कुशललाई नेपालले ओपनिङ गराउन सक्ने सम्भावना छ ।

फेरिएका प्रतिस्पर्धी

नेपालका लागि सिंगापुर, हङकङ, मलेसिया र थाईल्यान्ड नौला प्रतिस्पर्धी होइनन् । दुई वर्ष अघिसम्म यी सबै टोलीलाई नेपालले सहजै पराजित गर्थ्यो । तर पछिल्लो समय थाईल्यान्ड बाहेक अन्य टोलीले नेपाललाई कडा चुनौती दिँदै आएका छन् । यसै साता मलेसियाले हङकङसँगको पाँच टि ट्वान्टी सिरिज ५–० ले जित्दै इस्टर्न रिजनमा आफुलाई पनि दाबेदार प्रस्तुत गरेको छ ।

उता टि ट्वान्टी विश्वकप छनोटमा नेपालमाथि सहज जित निकालेको सिंगापुर त्यस्तै प्रर्दशन निकाल्ने सोचमा छ । अष्ट्रेलियाबाट हुर्किएका टिम डेविड र यू१९ बाट तयार भएका युवा खेलाडीको कारण पछिल्लो समय सिंगापुर बलियो बनेको छ । गत सेप्टेम्बरमा त्रिकोणात्मक सिरिजमा टेष्ट टोली जिम्बावेलाई पराजित गरेको सिंगापुरले पछिल्लो समय राम्रो प्रर्दशन गर्दै आएको छ ।

बाबर हायत र अंशुुमन रथ नहुँदा हङकङ भने कमजोर बनेको छ । प्रतियोगिताको कमजोर टोली मानिएको थाईल्यान्डले घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै अप्रत्यासित नतिजा निकाल्न सक्छ ।

नेपालको खेल तालिका :

फागुन १७ – नेपाल विरुद्ध मलेसिया

फागुन १८ – नेपाल विरुद्ध हङकङ

फागुन २१ – नेपाल विरुद्ध थाईल्यान्ड

फागुन २३ – नेपाल विरुद्ध सिंगापुर

राष्ट्रिय क्रिकेट टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की र किशोर महतो

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.