6 years ago
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा शनिबार सुरु हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधिको प्रमुख दाबेदार टोलीको रुपमा लिइएको छ ।

प्रतियोगितामा नेपाल सहित आयोजक थाईल्यान्ड, हङकङ, मलेसिया र सिंगापुर छन् । लिग चरणपछि शीर्ष दुई टोली आगमी अगष्टमा मलेसियामा हुने एसीसी टि ट्वान्टी कप छनोटमा पुग्ने छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली पनि उपाधि जित्ने लक्ष्य सहित थाईल्यान्ड पुगेको छ । नेपालले इस्टर्न रिजनको उपाधि जित्न सक्ने प्रमुख तीन आधार यस प्रकार छन् ।
३. तुलानात्मक रुपमा कमजोर विपक्ष
तुलानात्मक रुपमा नेपाल भन्दा सिंगापुर, हङकङ, मलेसिया र थाइल्यान्ड कमजोर टोली हुन् । सिंगापुरसँग नेपालले गत जुलाईमा एसिया विश्वकप टि ट्वान्टी छनोटमा अप्रत्याशित ८२ रनको हार बेहोर्दै बाहिरिएको थियो । तर सेप्टेम्बरमा त्रिकोणात्मक सिरिजमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो । जसक्रममा पारस खड्काले १ सय ६ रनको शतकीय अविजित इनिङ खेलेका थिए ।
पछिल्लो समय प्रमुख दुई ब्याट्सम्यान बाबर हायत र अंशुमन रथ टोलीमा नहुँदा हङकङको प्रर्दशन कमज़ोर रहँदै आएको छ । मलेसियाले पाँच टि ट्वान्टी सिरिजमा हङकङमाथि क्लिनस्विप गरेको थियो । मलेसियामाथि भने नेपाल निरन्तर हाबी हुँदै आएको छ । आयोजक थाइल्यान्ड कमजोर रहेको हुँदा जितसँगै कीर्तिमानको अवसर रहने छ । जसले गर्दा नेपालको मनोबल पनि उच्च छ ।
२. सन्तुलित ब्याटिङका साथै गहिराई
नेपालको ब्याटिङ लाइनअप सन्तुलित हुनुको साथै गहिराई पनि छ । ओपनिङमा पारसलाई कुशल मल्ल र ज्ञानेन्द्र मध्य एकले साथ दिने छन् । मध्यक्रममा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा र पवन सरार्फ छन् । तल्लोक्रममा करण केसी, भुवन कार्की र किशोर महतोले पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

अर्कोतर्फ कुशल, सन्दीप जोरा, विनोद भण्डारी र करणले आक्रामक इनिङ गर्दै एकै ओभरमा खेललाई मोड्न सक्छन् । एक जना आउट हुँदा अर्कोले विजयी इनिङ खेल्न सक्ने क्षमता देखिन्छ । जसले नेपालले उपाधि जित्ने सक्ने बलियो सम्भावना छ ।
१.बलियो स्पिन अट्याक
नेपालको स्पिन बलिङ सधैं प्रमुख हतियारको रुपमा रहने गर्दछ । यस पटक पनि स्पिन बलिङ अट्याक हुनुको साथै विकल्प धेरै छ । सन्दीप लामिछाने, सुशन भारी र भुवन कार्की प्रमुख स्पिनर हुन् । कुशल , पवन , दीपेन्द्र र पारस पार्ट टाइम स्पिनरका रुपमा रहने छन् ।
अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा निरन्तर खेल्दै राम्रो प्रर्दशन गरि रहेका स्पिनर सन्दीप प्रमुख हतियार हुन् । आईसीसी विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनमा अल आउट गर्न सन्दीपले ६ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

सन्दीपले पहिलो पावर प्लेमै नयाँ बलले बलिङ गर्ने सम्भावना छ । अर्कोतर्फ बायाँ हाते स्पिनर सुशन भारी पनि उत्कृष्ट लयमा छन् । सुशनले विश्वकप लिग २ मा ओडीआई डेब्यू गर्दै ४ खेलमा ११ विकेट लिएका थिए ।
सुशनको उत्कृष्ट लयले नेपालको उपाधि यात्रा अझ सहज बनाउन सक्छ । यता तीन वर्षपछि सिनियर टोलीमा पुनरागमन गरेका अर्का बायाँ हाते स्पिनर भुवन कार्कीले पनि फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।
भुवन इस्टर्न रिजनमा उत्कृष्ट प्रर्दशन गर्दै टोलीमा नियमीत स्थान बनाउन चाहान्छन् । यी तीनलाई छाड्दा कुशलले पुरै ओभर बलिङ गर्ने सम्भावना छ । स्पिन अट्याक बलियो हुँदा नेपाललाई उपाधि जित्न सहज हुन सक्ने अनुमान गरिएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]