default_image

6 years ago

February 29, 2020

मलेसियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपालले मलेसिया विरुद्ध उत्कृष्ट सुरुवात गरेको छ ।

थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले सुरुवाती ५ ओभरमा २ विकेट गुमाउँदै २८ रन जोडेको छ । लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो ओभरको दोस्रो बलमा ओपनर विरनदीप सिंहलाई पवन सरार्फबाट ३ रनमा क्याच आउट गराउँदै आफ्नो टि ट्वान्टी करिअरको एक सय विकेट पुरा गरे ।

लगत्तै अर्को बलमा सन्दीपले खिजार हायतलाई पवनबाटै शुन्यमा क्याच गराउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका छन् । क्रिजमा ओपनर मोहम्मद अनवार अरुदीन १६ र कप्तान अहमद फैज ७ रनमा खेलि रहेका छन् । अरुदीनले १६ बलमा २ चौका र १ छक्का प्रहार गरेका छन् ।

त्यसअघि थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भएको टसमा मलेसियाका कप्तान मोहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने सोचमा रहेका छन् । हङकङसँगको पाँच टि ट्वान्टी सिरिज क्लिनस्विप गरेको मलेसियाको मनोबल उच्च छ । मलेसिया त्यहि लयलाई निरन्तरता दिदै नेपालमाथि आश्चर्यजनक नतिजा निकाल्न चाहान्छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने नेपाल विगतको जस्तै मलेसियामाथि सहज जितको प्रयास गर्ने छ । पछिल्लो समय मलेसियाले नेपाललाई बलियो चुनौती दिदै आएको छ । मलेसियासँगको तीन टि ट्वान्टी आई खेलमा नेपालले सबैमा जित हात पारेको छ । पहिलो खेलमा आयोजक थाईल्यान्डलाई ४३ रनले पराजित गर्दै सिंगापुरले विजयी सुरुवात गरेको छ ।

नेपालको प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, सुशन भारी र पवन सरार्फ ।

बेन्च : भुवन कार्की, किशोर महतो र सन्दीप जोरा ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.