6 years ago
February 29, 2020
काठमाडौ (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्ल र उप कप्तानी दीपेन्द्र सिंह ऐरीले अर्ध शतकीय साझेदारी गर्दै एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा मलेसियाविरुद्ध नेपालको इनिङ अघि बढाईरहेका छन् ।

मलेसियाले प्रस्तुत गरको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले १० ओभरमा २ विकेटको क्षतिमा ७२ रन बनाएको छ । खराब सुरुवात गरेको नेपाललाई ज्ञानेन्द्र र दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ४१ बलमा ५० रनको अविजित साझेदारी गर्दै जिततर्फ लम्काएका छन् । ज्ञानेन्द्र २७ बलमा ३ चौका र १ छक्का सहित ३२ रनमा खेलि रहेका छन् । त्यस्तै दीपेन्द्र २२ बलमा १ चौका सहित २३ रनमा खेलिरहेका छन् ।
ओपनर कुशल मल्ललाई पहिलो ओभरको दोस्रो बलमै पवनदीप सिंहले अहमद फैजबाट शुन्यमा क्याच आउट गराए । सयाजरुल इदूसले चौथो ओभरको पहिलो बलमा पारस खड्कालाई अहमद फैजबाट ९ रनमा क्याच गराउँदै नेपाललाई ठूलो झट्का दिएका थिए । पारसले १० बलमा १ चौका प्रहार गरे ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]