6 years ago
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको छ ।

शनिबार थाईल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पक्ष्याएको नेपाल १९.५ ओभरमा १ सय ३२ रनमा अल आउट हुन पुग्यो । टस जितेर पहिला ब्याटिङ गर्ने मलेसियाका कप्तान अहमद फैजको निर्णयलाई एक समय स्पिनर सन्दीप लामिछाने र अभिनाश बोहराले गलत सावित गरेका थिए ।
तर मलेसियाका खेलाडीले आफ्नो कप्तानको निर्णय सहित सावित गर्न उच्च प्रर्दशन गर्नुको साथै नेपाली खेलाडीले पनि थुप्रै गल्ती गर्न पुगे । यो हारसँगै अर्को चरणमा स्थान बनाउन नेपालले बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । जितसँगै अन्य टोलीको नतिजाले पनि प्रभाव पार्ने छ । कमजोर मलेसियासँग नेपालले हार्नुको प्रमुख ५ कारण यसप्रकार छन् ।
५. कमजोर डेथ ओभर

कमजोर डेथ ओभर बलिङ नेपालको हारको एक कारण हो । विकेट गुम्छ भने रन बनाउन पनि कठिन पर्छ । जितको लागि सुरुवात मात्रै उत्कृष्ट गरेर पुग्दैन, अन्त्यपनि त्यतिनै राम्रो हुनुपर्छ । १४ ओभरमा ८९–५ को कमजोर अवस्थाबाट मलेसियाले उत्कृष्ट पुनरागमन गर्दै १५४–६ को प्रतिस्पर्धात्मक योगफल तयार पार्यो । नेपालले अन्तिम ६ ओभरमा ६५ रन खर्चिदा १ विकेट मात्र लिन सक्यो । जुन समयमा दुई तीन विकेट लिन सकेको भए मलेसिया अझ कम योगफलमा समेटिने थियो र नतिजा नेपालको पक्षमा आउन सक्थ्यो ।
४. सैयद र अमिनुदीन साझेदारी
एक समय ८९–५ को कमजोर अवस्थामा पुगेको मलेसियालाई सैयद अजिज र अमिनुदीन राम्लीले छैटौं विकेटका लागि ३५ बलमा ६३ रनको साझेदारी गर्दै बलियो योगफलमा पुुर्याएका थिए । जुन योगफलको कारण मलेसियाका बलरलाई पनि सहज बन्यो । उक्त साझेदारी मलेसियाको जितको टर्निङ प्वाइन्ट बन्न पुग्यो ।

३. दीपेन्द्रले अवस्था नबुझ्नु
उपकप्तान दीपेन्द्र सिंह ऐरीले खेलको अवस्था अनुसार ब्याटिङ गर्न नसक्नु पनि हारको एक कारण हो । चौथो ओभरको पहिलो बलमै पारस खड्का ९ रनमा आउट भएपछि मैदान छिरेका दीपेन्द्र १६ औं ओभरको तेस्रो बल सम्म क्रिजमा रहे । तर उनी क्रिजमा रन बनाउन भन्दा पनि आफ्नो विकेट बचाउनतर्फ बढि केन्द्रित रहे ।
दीपेन्द्रले ४० बलमा १ चौका मात्रै सहित ३८ रन बनाए । जसको कारण पछिल्ला ब्याट्सम्यानलाई दबाब बढ्दा ठूलोसट खेल्नेक्रममा आउट हुन पुगे । दीपेन्द्रको स्ट्राइक रेट मात्रै ९५ को रह्यो । शीर्षक्रमका ब्याट्सम्यान दीपेन्द्रले ४० बलमा कम्तिमा ६,७ बलमा मात्रै बाउन्ड्री निकाल्न सकेको भए नतिजा सजिलै नेपालको पक्षमा आउने थियो ।

२. बाउन्ड्री कम र कमजोर फिनिसिङ
नेपालले कुनैपनि समय आक्रामक ब्याटिङ गर्दै मलेसियाका बलरलाई दबाबमा राख्न सकेन । मलेसियाका बलरले पुरै समय नेपाली ब्याट्सम्यानलाई दबाबमा राखे । नेपालले १ सय १९ बलमा ७ चौका र २ छक्का मात्रै प्रहार गर्न सक्यो । अर्थात बाउन्ड्रीबाट ४० रन जोड्दा डबल सिंगलबाट ८० रन जोडेको थियो । अतिरिक्त १३ रन पाएको थियो ।
नेपालले बाउन्ड्रीमा जोखिम उठाएको भए खेल जित्न सक्थ्यो । मलेसियाले ११ चौका र ६ छक्का प्रहार गरेको थियो । जसको कारण प्रतिस्पर्धात्मक योगफल बनाएको थियो । नेपालले सुरुवात देखिनै कमजोर बलमा बाउन्ड्रीमा बदल्न जोखिम उठाएको भए नेपालले खेल सहजै जित्न सक्थ्यो ।
अर्कोतर्फ नेपाललाई जितको लागि अन्तिम २७ बलमा ४५ रन आवश्यक थियो र ६ विकेट हातमा थियो । पवन सरार्फ, विनोद भण्डारी, आरिफ शेख जस्ता प्रमुख ब्याट्सम्यान बाँकी रहँदा त्यो समय जित सहज पनि देखिएको थियो । तर अन्त्यमा निरन्तर विकेट गुमाउँदै जित नजिक पुगेको नेपाल पराजित हुन पुग्यो ।

१. खराब ब्याटिङ
आजको हारको मुख्य कारणनै खराब ब्याटिङ हो । मलेसिया नेपालको स्तर भन्दा कमजोर टोली हो । नेपालका ८ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । ओपनर कुशल मल्ल शुन्यमा आउट हुँदा पारस खड्का ९ रनमा आउट भएपछि सुरुवातमै दबाब परेको थियो ।
त्यसपछिका ब्याट्सम्यानले स्कोर बोर्डमा रनलाई ख्याल नगरि आफ्नो विकेट जोगाउनतर्फ लाग्दा अन्त्यतिर आक्रामक ब्याटिङको आवश्यकता परेको थियो । तर तल्लोक्रममा विनोद भण्डारी ११ बलमा ७, आरिफ शेख ५ रनमा आउट भए । कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । मध्यम लक्ष्य पाएपनि खराब ब्याटिङको कारण पराजित हुन पर्यो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]