default_image

6 years ago

February 29, 2020

न्युजिल्यान्डविरुद्ध भारतको कमजोर प्रर्दशन

100 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो तथा अन्तिम टेष्ट खेलमा भारतले कमजोर प्रर्दशन गरेको छ । शनिबार क्राइस्टचर्चमा बिहान टस हारेर ब्याटिङ थालेको भारत पहिलो इनिङमा ६३ ओभरमा २ सय ४२ रनमा समेटियो ।

ओपनर पृथ्वी शाले ६४ बलमा ८ चौका र १ छक्का सहित ५४ रन जोड्दै राम्रो सुरुवात दिलाए । तर काइल जेमिसनको बलमा टम लाथमले एक हातले उत्कृष्ट क्याच लिदै शालाई पेभिलिएन फर्काए । ओपनर मयंक अग्रवाललाई ट्रेन्ट बोल्टले छैटौं ओभरको चौथो बलमा ७ रनमा एलबिडब्लू आउट गरे ।

२५ औं ओभरको पहिलो बलमा टिम साउथीले कप्तान विराट कोहलीलाई ३ रनमा एलबिडब्लू आउट गरे । अजिंक्या रहाने ७ रनमा आउट हुन पुगे । पाँचौ विकेटका लागि हनुमा विहारी र चेतेश्वर पुजाराले ८१ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए ।

तर विहारीलाई निल वाग्ररले विकेटकिपर बिजे वाटलिङबाट ५५ रनमा क्याच आउट गराएपछि भारतले निरन्तर विकेट गुम्न पुग्यो । विहारीले ७० बलमा १० चौका प्रहार गरे । चेतेश्वर पुजारा १ सय ४० बलमा ६ चौका सहित ५४ रनमा आउट भए । ऋषभ पन्त १२, रविन्द्र जडेजा ९, मोहम्मद शामी १६ रनमा आउट हुँदा जस्प्रित बुमराह १० रनमा नट आउट रहे ।

न्युजिल्यान्डका काइल जेमिसनले १४ ओभरमा ३ मेडन सहित ४५ रन खर्चेर ५ विकेट लिए । टिम साउथी र ट्रेन्ट बोल्टको नाममा २–२ विकेट रह्यो ।

पहिलो इनिङ थालेको न्युजिल्यान्डले पहिलो दिनको समाप्तीमा २३ ओभरमा ६३ रन जोड्न कुनै विकेट गुमाएको छैन । ओपनर टम लाथम २७ र टम ब्लन्डेल २९ रनमा अविजित छन् । सग्रमा न्युजिल्यान्ड १ सय ७९ रनले पछि छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.