6 years ago
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितको दोस्रो खेलमा आइतबार हङकङसँग खेल्दै छ ।

पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपाललाई अघिल्लो चरणको सम्भावना बलियो बनाउन आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा नेपालको झिनो अंक गणितीय सम्भावना मात्रै बाँकी हुने छ । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार थाईल्यान्डको बैंकक स्थित रहेको टेर्डथाई क्रिकेट मैदानमा बिहान ८ः १५ पछि सुरु हुने छ । हङकङ विजयी सुरुवात गर्ने सोचमा छ । मलेसियासँग पाँच टि ट्वान्टी सिरिज क्लिनस्वीप बेहोरेको हङकङले उक्त नतिजा विसर्दै नयाँ नतिजा निकाल्न चाहान्छ ।
ओपनिङ पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले गर्ने सम्भावना छ । मलेसियासँग कुशल मल्ल र ज्ञानेन्द्रले गरेका थिए । तर कुशलले खातै खोल्न सकेनन् । दीपेन्द्र सिंह ऐरीले मलेसियासँग निकै सुस्त ब्याटिङ गरेका थिए । आरिफ शेख ३ र विनोद भण्डारी ७ रनमा आउट हुन पुगेका थिए । तल्लोक्रममा आजको खेलमा यी दुबै खेलाडीले उत्कृष्ट फिनिसिङ गर्नुपर्ने हुन्छ ।
त्यस्तै प्रमुख ब्याट्सम्यान पारस खड्काबाट आजको खेलमा उत्कृष्ट प्रर्दशनको आशा गरिएको छ । पारस मलेसियासँग ९ रनमा आउट हुन पुगेका थिए । स्पिनर सन्दीप लामिछानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । उनले अर्कोतर्फबाट स्पिनरबाट राम्रो साथ पाएनन् । सुशन भारीले ३ ओभरमा २६ रन खर्चिदा विकेट लिन सकेनन् । सुशनको स्थानमा आज भुवन कार्कीले मौका पाउन सक्छन् । मलेसियासँग नेपालको डेथ ओभर कमजोर देखिएको थियो ।

आजको खेलमा अभिनाश बोहरा र करण केसी दुबैले डेथ ओभर सुधार गर्नु पर्ने हुन्छ । मलेसियासँग अन्तिम ६ ओभरमा ६५ रन खर्चिदै १ विकेट मात्रै लिन सकेको थियो । त्यस्तै आजको खेलमा नेपाली ब्याट्सम्यानलाई चौका छक्कामा पनि जोखिम उठाउन आवश्यक देखिन्छ ।
बाबर हायत र अंशुमन रथले हङकङको टोली छाडेपछि कमजोर बनेको छ । मलेसियासँगको पाँचौ खेलमा १ सय ७१ रनको योगफल पनि हङकङले रक्षा गर्न सकेको थिएन । मलेसियासँगको सिरिजमा हङकङको बलिङ केहि कमजोर देखिएको थियो । उसका युवा ब्याट्सम्यान किन्चित शाह राम्रो लयमा छन् । त्यस्तै अलराउन्डर अजिज खान, निजाकत खान र हारुन अरशद पनि प्रमुख खेलाडी हुन् ।
नेपाल र हङकङबीचको पछिल्ला तीन टि ट्वान्टी आई नतिजा
पाँच टि ट्वान्टी सिरिज ओमान २०१९ :
हङकङ १२५-६
नेपाल १२६-६ (१९ ओभर)
नेपाल ४ विकेटले विजयी
आईसीसी टि ट्वान्टी क्वालिफायर २०१५ (आयरल्यान्ड)
नेपाल १०९-१० (२० ओभर)
हङकङ ११०-५ (१९.१ ओभर)
हङकङ ५ विकेटले विजयी
हङकङसँगको पाँच टि ट्वान्टी सिरिज २०१४ (श्रीलंका)
नेपाल ७२-१० (२० ओभर)
हङकङ ७३-८ (१९.५ ओभर
हङकङ २ विकेटले विजयी
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]