6 years ago
March 1, 2020
कठमाडौं(हाम्रो खेलकुद) – न्युजिल्यान्डका स्टार अलराउन्डर कोरी एन्डरसनले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन् ।

काठमाडौं किंग्स ११ ले आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा कोरी एन्डरसनलाई टोलीमा भित्र्याएको हो । बाँया हाते कोरी विश्फोटक ब्याटिङकासँगै तीब्र गतिका बलर हुन् । उनले ४५ ओडीआई इनिङमा १ शतक र ४ अर्ध शतक सहित कुल ११ सय ९ रन बनाएका छन् ।
एन्डरसनले सन् २०१४ मा वेस्ट इन्डिविरुद्ध ३६ बलमै शतक प्रहार गरेका थिए । उक्त खेलमा एन्डरसन ४७ बलमा ६ चौका र १४ छक्का सहित १ सय ३१ रनको विश्फोटक इनिङ खेलेका थिए । २४ टि ट्वान्टी आई इनिङमा एन्डरसनले ४ सय ८५ रन बनाएका छन् । टि ट्वान्टी आईमा बंगलादेशविरुद्ध २०१७ मा ४१ बलमा १० छक्का र २ चौका सहित ९४ रनमा अविजित रहेका थिए । एन्डरसनले टेष्टमा १६, ओडीआईमा ६० र टि ट्वान्टीमा १४ विकेट लिएका छन् ।
एन्डरसनले आईपिएल दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर बेंगलोर र मुम्बई इन्डियन्सबाट खेलि सकेका छन् । काठमाडौंले यस अघिनै आयरल्यान्डका केभीन ओ ब्रायनलाई टोलीमा अनुबन्ध गरि सकेको छ । काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]