6 years ago
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितको दोस्रो खेलमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

थाईल्यान्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भर्खर नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपाललाई अघिल्लो चरणको सम्भावना बलियो बनाउन आजको खेल जित्नै पर्ने हुन्छ ।
अन्यथा नेपालको झिनो अंक गणितीय सम्भावना मात्रै बाँकी हुने छ । हङकङ विजयी सुरुवात गर्ने सोचमा छ । मलेसियासँग पाँच टि ट्वान्टी सिरिज क्लिनस्वीप बेहोरेको हङकङले उक्त नतिजा विसर्दै नयाँ नतिजा निकाल्न चाहान्छ ।
नेपालले आजको खेलमा कुनै पनि खेलाडी परिवर्तन गरेको छैन । मलेसियासँगको टोलीलाईनै निरन्तरता दिएको छ ।
नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, सुशन भारी र पवन सरार्फ ।
बेन्च : भुवन कार्की, किशोर महतो र सन्दीप जोरा ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]