6 years ago
March 1, 2020
काठमाडौं(हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितको दोस्रो खेलमा नेपालले हङकङविरुद्ध खराब प्रर्दशन गरेको छ ।

थाईल्यान्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस ब्याटिङ थालि रहेको हङकङले सुरुवाती ५ ओभरमा ३८ रन बनाउन कुनै विकेट गुमाएको छैन । हङकङले पहिलो ओभर देखिनै आक्रामक ब्याटिङ गर्दै नेपाललाई दबाबमा राखेको छ । करण केसीलाई पहिलो ओभरको दोस्रो बलमा शाहिद वासिफले छक्का र चौथो बलमा चौका प्रहार गरे । अन्य चार बल डट राखेका थिए ।
सन्दीप लामिछानेले दोस्रो ओभरमा तीन रन दिए । तेस्रो ओभरको दोस्रो र तेस्रो बलमा करणलाई निजाकत खानले लगातार चौका प्रहार गरे । सन्दीपलाई चौथो ओभरको पहिलो बलमा वासिफ र पाँचौ बलमा निजाकत खानले चौका प्रहार गरे ।
निजाकत खान १५ बलमा ४ चौका सहित २१ रन खेलि रहेका छन् । त्यस्तै शाहिद वासिफ १७ बलमा २ चौका र १ छक्का सहित १७ रनमा खेलि रहेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]