default_image

5 years ago

March 1, 2020

हङकङद्वारा नेपालसामु बलियो लक्ष्य प्रस्तुत

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ ।

थाईल्यान्डको बैंककमा रहेको टेर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । खराब सुरुवात गरेको नेपाललाई स्पिनरहरुले उत्कृष्ट प्रर्दशन गर्दै राम्रो पुनरागमन गराएका थिए ।

नेपाललाई पहिलो सफलता स्पिनर सुशन भारीले दिलाए । सुशनको आठौं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका शाहिद वासिफ बाउन्ड्री लाइन नजिकै आरिफ शेखबाट २६ रनमा क्याच भए । वासिफले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि वासिफले निजाकत खानसँग ४७ बलमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

आक्रामक ब्याटिङ गरेका अर्का ओपनर निजाकत खानलाई सुशनले ४८ रनम क्याच आउट गराए । सुशनको दशौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका निजाकत डिपकभरमा कुशल मल्लबाट क्याच आउट हुन पुगे । निजाकतले २९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । ११ औं ओभरको दोस्रो बलमा सन्दीपले किन्चित शाहलाई दीपेन्द्र सिंह ऐरीबाट शुन्यमा क्याच आउट गराए ।

बायाँ हाते स्पिनर कुशल मल्लले हारुन अरशदलाई १४ औं ओभरको अन्तिम बलमा अभिनाश बोहराबाट २७ रनमा क्याच आउट गराएपछि नेपाल खेलमा फर्किएको थियो । उनले २२ बलमा ३ चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले १५ औं ओभरको तेस्रो बलमा जेम्श अत्किशनको क्याच ड्रप गर्दै ब्यक्गित १ रनमा जिवनदान दिए ।

सन्दीपको १७ औं ओभरको पाँचौ बलमा अघि बढेर सट खेल्नेक्रममा जेश्म मिस भएपछि विनोद भण्डारीले १३ रनमा स्टम्पिङ आउट गराए । कप्तान मोहम्मद एजाज खान २९ रनमा रन आउट भए । दीपेन्द्रले रन आउट गर्नुअघि उनले २१ ब्लमा १ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर सुशन भारीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । सर्वाधिक महँगा सावित बनेका करण केसीले ३ ओभरमा ३३ रन खर्चिए । अभिनाश बोहरा ४ ओभरमा २४ रन दिए ।

December 12, 2024

पोखराविरुद्ध विराटनगरको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध मध्यम योगफल तयार गरेको छ । टस जितेर ब्याटिङ रोजेको विराटनगरले पोखरालाई १ सय ४० रनको लक्ष्य दिएको हो । विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्यो । विराटनगरका लागि स्कट […]

December 12, 2024

अफगानिस्तानमाथि जिम्बाब्वेको रोमाञ्चक जित

एजेन्सी – घरेलु टोली जिम्बाब्वेले पहिलो टि ट्वान्टी आई खेलमा अफगानिस्तानविरुद्ध रोमाञ्चक जित निकालेको छ । बुधबार भएको खेलमा जिम्बाबेले अन्तिम बलमा जित निकाल्दै अफगानिस्तानलाई चार विकेटले पराजित गरेको हो । योसँगै तीन खेलको टि ट्वान्टी आई सिरिजमा जिम्बाबेले १–० को अग्रता लिएको छ । अफगानिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य जिम्बाब्वेले अन्तिम बलमा […]

December 12, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर विरानगरका कप्तान सन्दीप लामिछानेले ब्याटिङ रोजेका हुन् । आजको खेलमा विजेता बन्ने टोलीले प्लेअफको झिनो सम्भावना कायमै राख्दा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ । लुम्बिनी लायन्स बुधवार […]

Success

Thank you for your time.