6 years ago
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा हङकङले प्रस्तुत गरेको बलियो लक्ष्य पक्ष्याएको नेपालले खराब प्रर्दशन गरेको छ ।

१ सय ५५ रनको विजयी लक्ष्य पक्ष्याएको नेपाल १३ ओभरको समाप्तीमा ८०–५ को कमजोर अवस्थामा पुगेको छ । ओपनर कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४.४ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि त्यसपछि निरन्तर विकेट गुम्दा नेपालले खराब प्रर्दशन गरिरहेको छ ।
कुशल हारुन अरशदको पाँचौ ओभरको चौथो बलमा ठूलो सट खेल्नेक्रममा निजाकत खानबाट क्याच आउट हुनुअघि १४ बलमा ३ चौका सहित १९ रन जोडे । पारस खड्कालाई एहसान खानले आठौं ओभरको पाँचौ बलमा ४ रनमा एलबिडब्लू आउट गरे । एहसान खानको नवौं औं ओभरको पाँचौ बलमा खराब सट खेल्दै दीपेेेेन्द्र सिंह ऐरी ८ बलमा ५ रन जोड्दै विकेटकिपर स्कर्ट स्टेपनबाट क्याच आउट भए ।
अफ्ताब हुसेनको ११ औं ओभरको अन्तिम बलमा पवन सरार्फ ठूलो सट खेल्नेक्रममा जेम्स जोहनबाट १ रनमा क्याच आउट भए । विनोद भण्डारी पनि खराब सट खेल्दै ५ रनमा आउट भएपछि नेपाल संकटमा परेको हो । क्रिजमा कप्तान ज्ञोनेन्द्र मल्ल ३९ बलमा ४ चौका र १ छक्का सहित ४३ रनमा खेलि रहेका छन् । ज्ञानेन्द्रलाई आरिफ शेखले साथ दिने छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]