6 years ago
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ । यस नतिजासँगै नेपाल एसिया कप छनोटमा यसै चरणबाट नै बाहिरिने सम्भावना बढेको छ । अघिल्लो चरणको सम्भावना झिनो अंक गणितीय सम्भावना मात्रै बाँकी छ ।

जितमा लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा अल आउट हुँदै १ सय ११ रनमा समेटियो । नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो । अब नेपाल अघिल्लो चरणमा प्रवेश गर्न दुबै खेल फराकिलो अन्तरले जित्नुको साथै विपक्षीको नतिजा पनि नाटकीय रुपमा आफू अनुकुल आउनुपर्छ ।
ओपनर कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४.४ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि त्यसपछि निरन्तर विकेट गुम्दा नेपालले पराजित हुन पुगेको हो । कुशल हारुन अरशदको पाँचौ ओभरको चौथो बलमा ठूलो सट खेल्नेक्रममा निजाकत खानबाट क्याच आउट हुनुअघि १४ बलमा ३ चौका सहित १९ रन जोडे ।
पारस खड्कालाई एहसान खानले आठौं ओभरको पाँचौ बलमा ४ रनमा एलबिडब्लू आउट गरे । एहसान खानको नवौं औं ओभरको पाँचौ बलमा खराब सट खेल्दै दीपेन्द्र सिंह ऐरी ८ बलमा ५ रन जोड्दै विकेटकिपर स्कर्ट स्टेपनबाट क्याच आउट भए । अफ्ताब हुसेनको ११ औं ओभरको अन्तिम बलमा पवन सरार्फ ठूलो सट खेल्नेक्रममा जेम्स जोहनबाट १ रनमा क्याच आउट भए ।

विनोद भण्डारी पनि खराब सट खेल्दै ५ रनमा आउट भएपछि नेपाल संकटमा परेको थियो । ज्ञानेन्द्र मल्ल १५ औं ओभरको तेस्रो बलमा ४६ रनमा स्टम्पिङ आउटभएसँगै नेपालको जितको सम्भावना सकिएको थियो । ज्ञानेन्द्रले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अभिनाश १२, आरिफ शेख १० र करण केसी ७ रनमा आउट भए ।
हङकङका अफ्ताब हुसेनले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । एहसान खानले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । हारुन मोहम्मद अशरदले ३.१ ओभरमा १६ रन खर्चेर ५ विकेट लिए ।
त्यसअघि थाईल्यान्डको बैंककमा रहेको टेर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपाललाई स्पिनरहरुले उत्कृष्ट प्रर्दशन गर्दै राम्रो पुनरागमन गराएका थिए ।
नेपाललाई पहिलो सफलता स्पिनर सुशन भारीले दिलाए । सुशनको आठौं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका शाहिद वासिफ बाउन्ड्री लाइन नजिकै आरिफ शेखबाट २६ रनमा क्याच भए । वासिफले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि वासिफले निजाकत खानसँग ४७ बलमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

आक्रामक ब्याटिङ गरेका अर्का ओपनर निजाकत खानलाई सुशनले ४८ रनम क्याच आउट गराए । सुशनको दशौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका निजाकत डिपकभरमा कुशल मल्लबाट क्याच आउट हुन पुगे । निजाकतले २९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । ११ औं ओभरको दोस्रो बलमा सन्दीपले किन्चित शाहलाई दीपेन्द्र सिंह ऐरीबाट शुन्यमा क्याच आउट गराए ।
बायाँ हाते स्पिनर कुशल मल्लले हारुन अरशदलाई १४ औं ओभरको अन्तिम बलमा अभिनाश बोहराबाट २७ रनमा क्याच आउट गराएपछि नेपाल खेलमा फर्किएको थियो । उनले २२ बलमा ३ चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले १५ औं ओभरको तेस्रो बलमा जेम्श अत्किशनको क्याच ड्रप गर्दै ब्यक्गित १ रनमा जिवनदान दिए ।
सन्दीपको १७ औं ओभरको पाँचौ बलमा अघि बढेर सट खेल्नेक्रममा जेश्म मिस भएपछि विनोद भण्डारीले १३ रनमा स्टम्पिङ आउट गराए । कप्तान मोहम्मद एजाज खान २९ रनमा रन आउट भए । दीपेन्द्रले रन आउट गर्नुअघि उनले २१ ब्लमा १ चौका र १ छक्का प्रहार गरे ।
स्पिनर सुशन भारीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । सर्वाधिक महँगा सावित बनेका करण केसीले ३ ओभरमा ३३ रन खर्चिए । अभिनाश बोहरा ४ ओभरमा २४ रन दिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]