6 years ago
March 2, 2020
एजेन्सी – घरेलु टोली न्युजिल्यान्डले भारतसँगको दुई टेष्ट सिरिज सानदार क्लिनस्वीप गरेको छ । सोमबार बिहान दोस्रो टेष्ट खेलको तेस्रो दिनमै भारतलाई ७ विकेटले पराजित गर्दै न्युजिल्यान्डले सिरिज क्लिनस्वीप गर्दै जितेको हो ।

पहिलो टेष्ट खेलमा न्युजिल्यान्डले भारतलाई १० विकेटले हराएको थियो । भारतले प्रस्तुत गरेको १ सय ३२ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले ३६ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । जस्प्रित बुमराहले बोल्ड बाउट गनुअघि ओपनर टम ब्लन्डेल १ सय १३ बलमा ८ चौका र १ छक्का सहित ५५ रनको योगदान दिए । बुमराहलेनै कप्तान केन विलियम्सनलाई ५ रनमा अजिंक्या रहानेबाट क्याच आउट भए ।
अर्का ओपनर टम लेथम ७४ बलमा १० चौका सहित ५२ रन क्याच आउट भए । पहिलो विकेटका लागि लेथम र ब्लन्डेलले २८ ओभरमा १ सय ३ रनको साझेदारी गर्दै सानदार जित दिलाए । रस टेलर र हेनरी निकोलस ५-५ रनमा अविजित रहे । भारतका जस्प्रित बुमराहले २ र उमेश यादव १ विकेट लिए ।
तेस्रो दिन ३६ ओभरमा ९०–६ को अवस्थाबाट सुरुवात गरेको भारत ४६ ओभरमा १ सय २४ रनमा अल आउट हुन पुग्यो । दोस्रो ओभरको पाँचौ बलमै ट्रेन्ट बोल्टले ओपनर मयंक अग्रवाललाई ३ रनमा एलबिडब्लू आउट गरे । टिम साउथीले अर्का ओपनर पृथ्वी शालाई टम लेथमबाट १४ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काए । न्युजिल्यान्ड भ्रमणमा खराब प्रर्दशन गरि रहेका कप्तान विराट कोहली दोस्रो इनिङमा १४ रनमा कोनिल डी ग्रान्डहोमको एलबिडब्लू आउट सिकार बने ।

निल वाग्ररले अजिंक्या रहानेलाई ९ र बोल्टले उमेश यादवलाई १ रनमा बोल्ड आउट गरे । हनुमा विहारी ९, ऋषभ पन्त ४, मोहम्मद सामी ५, जस्प्रित बुमराह ४ रनमा आउट हुँदा रविन्द्र जडेजा १६ रनमा अविजित रहे । न्युजिल्यान्डका तीब्र गतिका बलर ट्रेन्ट बोल्टले १४ ओभरमा ४ मेडन राख्दै २८ रन खर्चेर ४ विकेट लिए । टिम साउथी ३, कोलिन डि ग्रान्डहोम र निल वाग्ररले १(१ विकेट लिए ।
त्यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ७३.१ ओभरमा २ सय ३५ रनमा अल आउट हुँदै ७ रनले पछि परेको थियो । न्युजिल्यान्डका टम लेथमले १ सय २२ बलमा ५ चौका सहित सर्वाधिक ५२ रनको योगदान दिए । टम ब्लन्डेल ३०, कप्तान केन विलियम्सन ३, रस टेलर १५, हेनरी निकोलस १४ र विकेटकिपर बिजे वाटलिङ्गले खाता खोल्न सकेनन् ।
डी गा्रन्डहोम २६ र टिम साउथी शुन्यमा आउट भएपछि न्युजिल्यान्ड १७७–८ को कमजोर अवस्थामा पुगेको थियो । तर नवौं विकेटका लागि निल वाग्रर र काईल जेमिसनले ५१ रनको साझेदारी गर्दै इनिङ बढाए । अन्तिम विकेटका रुपमा आउट हुनुअघि जेमिसनले ६३ बलमा ७ चौका सहित ४९ रन जोडे । वाग्ररले २१ रनको योगदान दिए । भारतका मोहम्मद सामीले ४, जस्प्रित बुमराह ३, रविन्द्र जडेजा २ र उमेश यादवले १ विकेट लिए ।

शनिबार क्राइस्टचर्चमा टस हारेर ब्याटिङ थालेको भारत पहिलो इनिङमा ६३ ओभरमा २ सय ४२ रनमा समेटिएको थियो। ओपनर पृथ्वी शाले ६४ बलमा ८ चौका र १ छक्का सहित ५४ रन जोडे । टिम साउथीले कप्तान विराट कोहलीलाई ३ रनमा एलबिडब्लू आउट गरे । अजिंक्या रहाने ७ रनमा आउट हुन पुगे । पाँचौ विकेटका लागि हनुमा विहारी र चेतेश्वर पुजाराले ८१ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए ।
विहारीलाई निल वाग्ररले विकेटकिपर बिजे वाटलिङबाट ५५ रनमा क्याच आउट गराए । चेतेश्वर पुजारा ५४, ऋषभ पन्त १२, रविन्द्र जडेजा ९, मोहम्मद शामी १६ रनमा आउट हुँदा जस्प्रित बुमराह १० रनमा नट आउट रहे ।
न्युजिल्यान्डका काइल जेमिसनले १४ ओभरमा ३ मेडन सहित ४५ रन खर्चेर ५ विकेट लिए । टिम साउथी र ट्रेन्ट बोल्टको नाममा २–२ विकेट रह्यो । तीन खेलको एकदिवसिय सिरिजमा पनि न्युजिल्यान्डले भारतमाथि क्लिनस्वीप गरेको थियो । पाँच टि ट्वान्टी सिरिज भने भारतले क्लिनस्वीप गरेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]