6 years ago
March 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – हिमालय क्रिकेट लिग दुई दिवसिय यू१९ क्रिकेट को उपाधि आयोजक वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले जितेको छ । फाइनल खेलमा सोमबार काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसीटीसी) लाई १ विकेटले पराजित गर्दै ग्रेट हिमालयले उपाधि जितेको हो ।

विजेता ग्रटे हिमालयले १ लाख ५० हजार र उप विजेता केसीटीसीले ७५ हजार पाएका छन् ।
जितको लागि १ सय १५ रनको विजयी लक्ष्य पक्ष्याएको ग्रेट हिमालयले ५६.६ ओभरमा ९ विकेट गुमाउँदै पुरा गर्यो । जिएचसिएलाई उपाधि दिलाउन प्रशान्त सिंहले ३० बलमा २ चौका सहित १६ रनमा अविजित योगदान दिए ।
ग्रेट हिमालयका आयुष बस्नेत २४, अभिषेक बस्नेत १९, संगित बुढाथोकी १६ र राशिद खान १८ रनमा आउट भए । केसीटीसीका स्पिनर तिलक भण्डारीले २५.५ ओभरमा ४७ रन खर्चेर ६ विकेट लिए । सुर्य तामाङ २ र बिविन आचार्यले १ विकेट लिए ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी फाइनलमा टस हारेर ब्याटिङ थालेको केसीटीसी २४.३ ओभरमा ८० रनमा समेटियो । लखाह १४, बिवेक राना मगर १८, निर्भीक पाठक १३ र सुर्य तामाङले ११ रन बनाए । ग्रेट हिमालयका अरियो पौडेलले ३, मोहम्मद हुसेन, बिवेक यादव र सोनु देवकोटाले २-२ विकेट लिए । राशिद खानको नाममा १ विकेट रह्यो ।
ग्रेट हिमालय पहिलो इनिङमा २९.४ ओभरमा ६२ रनमा अल आउट भयो । आयुषमान बम १३ र सोनु देवकोटाले १४ रनको योगदान दिए । सुर्य तामाङले १४.४ ओभरमा ४ मेडन राख्दै ३४ रन खर्चेर ७ विकेट लिए पनि उपाधिको लागि पर्याप्त रहेन। । केसीटीसी दोस्रो इनिङमा ९६ रनमा समेटियो । विपिन आचार्य १७, सचिन लखाह १०, राहुल भण्डारी २७ र नर्भीक पाठकले १० रनको योगदान दिए ।ग्रेट हिमालयका राशिद खानले ५ र अरियो पौडेलले ४ विकेट लिए
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]