6 years ago
March 2, 2020
भुपेन्द्र जिसी, काठमाडौं
‘सास छँदासम्म आश रहन्छ’ भनेझैं एसिया कपको छनोट स्वरुप थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि२० मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अर्को चरणमा पुग्ने सम्भावना त्यस्तै छ ।

प्रतियोगिताको पहिलो खेलमा मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएपछि नेपालको एसिया कप छनोट खेल्ने सपना कठिन बनेको छ । दुई खेलमा हार्दैमा नेपालको एसिया कपको सम्भावना पूरै सकिएको भने छैन ।
अंक गणितीय सम्भावना अनुसार नेपालले अझैं पनि एसिया कप छनोटमा स्थान बनाउन सक्छ । त्यसको लागि अन्य टोलीको नजितानै निर्णायक रहेन छ । सोझो अर्थमा नेपालको भविष्य अरु टोलीमा निर्भर छ ।
पाँच टोली सहभागि इस्टर्न रिजनमा लिग चरणपछि शीर्ष दुई टोली आगमी अगष्टमा मलेसियामा हुने एसिया टि ट्वान्टी कप छनोट खेल्न पाउने छन् । उक्त छनोटमा यस प्रतियोगिताका शीर्ष दुई टोलीसँगै कुवेत र यूएईले प्रतिस्पर्धा गर्ने छन् । जसको विजेताले आगमी सेप्टेम्बरमा भारतमा हुने एसिया कप टि ट्वान्टी प्रतियोगिता खेल्न पाउने छन् ।

एसिया कपमा मलेसियामा हुने एसिया कप छनोटको विजेतासँगै भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश गरि ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । सुरुवाती दुई खेलको गैर जिम्मेवारी प्रर्दशनले नेपालको छिमीकी मुलुक भारत सहित अन्य चार टेष्ट टोलीसँग एसिया कप खेल्ने ठूलो सपना कठिन बनेको छ ।
नेपालले अब थाईल्यान्ड र सिंगापुरसँग खेल्न बाँकी छ । नेपालले दुबै खेलमा फराकिलो अन्तरको जित निकाल्नुपर्छ । जसले गर्दा नेपालको ४ अंक हुने छ । त्यस्तै मलेसिया, हङकङ, सिंगापुर र थाईल्यान्डको नतिजा आफु अनुकुल आउनुपर्छ । जसले नाटकीय रुपमा नेपाल एसिया कप छनोटमा पुग्न सक्छ । खेलाडी, समर्थक र सुभचिन्तक पनि त्यस्तै नाटकीय नतिजाको आशामा छन् ।
नेपाललाई २२ र थाईल्यान्डलाई ८ विकेटले हराएको मलेसियाले सिंगापुर र हङकङसँग खेल्न बाँकी छ । समिकरण अनुसार दुबै खेलमा मलेसिया फराकिलो अन्तरले विजयी हुनुपर्छ । दुवै खेलमा विजयी हुँदा मलेसियाको ८ अंकका साथ शीर्ष स्थानमा रहँदै घरेलु मैदानमा हुने एसिया कप छनोटमा स्थान बनाउने छ ।

हङकङले मलेसियासँगै, थाईल्यान्ड र सिंगापुरसँग खेल्न बाँकी छ । नेपाललाई हराएको हङकङ कम्तीमा दुई खेलमा पराजित हुनुपर्छ । तीनै खेलमा पराजित भएमा नेपाललाई ‘ढुङ्गा खोज्दा देवता’ मिले जस्तै हुने छ । हङकङ बाँकी तीनै खेलमा पराजित भएको खण्डमा उसको २ अंक हुनेछ । तीन मध्य दुई खेलमा पराजित हुँदा ४ अंक हुने छ । समिकरण अनुसार हङकङ मलेसिया र सिंगापुरसँग पराजित हुँदै थाईल्यान्डलाई निकै झिनो अन्तरले हराउँदा नेपाललाई खासै असर पर्ने छैन ।
सिंगापुरको मलेसियासँगै, नेपाल र हङकङसँग खेल्न बाँकी छ । सिंगापुरले थाईल्यान्डलाई ४३ रनले हराएको थियो । यो अवस्थामा सिंगापुरले हङकङलाई भने हराउनुपर्छ । सिंगापुर नेपालसँगै मलेसियासँग फराकिलो अन्तरले पराजित हुनुपर्छ । जसले तीन टोली मध्य एकले नेट रन रेट को आधारमा एसिया कप छनोटमा स्थान बनाउने छ ।
समग्रमा नेपाल अघिल्लो चरणमा पुग्न सिंगापुर र हङकङले कम्तीमा दुई–दुई खेलमा फराकिलो अन्तरले हार्नैपर्छ । थाईल्यान्डले हङकङलाई हराउन सकेको खण्डमा नेपाललाई समिकरण र नेट रन रेट दुबैमा धेरै फाइदा पुग्ने छ । नेपालले बुधबार थाईल्यान्ड र शुक्रबार सिंगापुरसँग खेल्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]