default_image

6 years ago

March 3, 2020

गैरजिम्मेवार ब्याटिङले थपेको चिन्ता

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालले बुधबार आयोजक थाईल्याण्डसँग खेल्दै छ । खेल बिहान ८:१५ देखि थाईल्याण्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा सुरु हुनेछ ।

थाईल्याण्ड हङकङ र मलेसियासँग समान ८ विकेट तथा सिंगापुरसँग ४३ रनले पराजित हुँदै बाहिरि सकेको छ ।मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको नेपालले दुबै खेलमा विशाल जित निकाल्नु पर्ने हुन्छ । नेपालको एसिया कप छनोटमा पुग्ने झिनो अंक गणितीय सम्भावना बाँकी राखेको छ । नेपालले थाईल्यान्डमाथि फराकिलो जित निकाल्नैपर्छ । साथै अन्य टोलीको नतिजाले नेपाल एसिया कप छनोटमा पुग्ने नपुग्ने टुङ्गो लाग्ने छ ।

फराकिलो जितको आवश्यकता रहेको नेपाललाई खराब लयका साथै ब्याट्सम्यानको गैर जिम्मेवारी सटले चिन्ता थपेको छ । प्रतियोगिता अघि उपाधिको दाबेदार मानिएको नेपाल मलेसिया र हङकङविरुद्ध ब्याट्सम्यानको गैर जिम्मेवारी प्रर्दशनले लिग चरणबाटै बाहिरिने संघारमा छ । मलेसियाले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पक्ष्याउने क्रममा नेपाल १९.५ ओभरमा १ सय ३२ रनमा अल आउट भएको थियो ।

हङकङविरुद्ध पनि नेपाल १ सय ५५ रनको लक्ष्य पक्ष्याउने क्रममा १८.१ ओभरमा १ सय ११ रनमै समेटियो । प्रमुख ब्याट्सम्यान पारस खड्का पहिलो खेलमा मलेसियासँग ९ रनमा क्याच र हङकङसँग ४ रनमा एलबिडब्लू आउट भए । धेरैले पारसलाई खराब लयमा रहेको आँकलन गरेका छन् । तर पारस दुवै खेलमा खराब खेल्दै आउट भएका थिए ।

उप कप्तान दीपेन्द्र सिंह ऐरीले मलेसियासँग ४० बलमा १ चौका सहित ३८ रनको सुस्त इनिङ खेले । धेरैले दीपेन्द्रले टोलीको लागि भन्दापनि आफ्नो लागि खेलेको आरोप लगाए । दोस्रो खेलमा भने दीपेन्द्र आफुले कुन सट खेल्नेमै प्रष्ट नहुँदा हावामा ब्याट चलाउँदै ५ रनमा विकेट किपरबाट क्याच आउट भए । खराब लयको कारण अझ दबाब थपिँदा दीपेन्द्रले आफ्नो शैलीको क्रिकेट पछिल्लो समय पस्किन सकिरहेका छैनन् ।

हिटर विनोद भण्डारी पनि दुबै खेलमा ठूलो सटको चक्करमा खराब सट खेल्दै दोहोरो अंकमा रन नबनाई पेभिलिएन फर्केका थिए । यता घरेलु लिगमा राम्रो लयमा देखिएका आरिफ शेखको प्रर्दशन झनै खराब छ । आरिफ पनि ठूलो सट खेल्ने क्रममा हङकङसँग १० र मलेसियासँग ५ रनमा क्याच आउट भए । आरिफले दुबै खेलमा ७ नम्बरमा ब्याटिङ गरेका छन् । आरिफको ब्याटिङ क्रममाथि कप्तानीमाथि प्रश्न पनि उठाएको छ ।

पवन सरार्फ मलेसियासँग १९ र हङकङसँग १ रनमा आउट भएका थिए । पवन र आरिफ मध्यको एकको स्थानमा सन्दीप जोराले मौका पाउने उच्च सम्भावना छ । ओपनर कुशल मल्ल ठूलो सटकै धुनमा मलेसियासँग शुन्य र हङकङसँगको खेलमा १९ रनमा क्याच आउट भएका थिए । यता कप्तान ज्ञानेन्द्रले सुरुवात राम्रो गरेपनि ठूलो इनिङमा बदल्न सकिरहेका छैनन् । गैर जिम्मेवारी सटनै सुरुवाती खेलमा नेपालको हारको मुख्य कारण बनेको थियो ।

सोझो अर्थमा कुनै पनि खेलाडी राम्रो लयमा देखिँदैनन् । ब्याटिङ मात्रै होइन बलिङ पनि राम्रो हुन सकिरहेको छैन । प्रमुख अनुभवी स्पिनर वसन्त रेग्मी र तीब्र गतिका बलर सोमपाल कामी विना थाईल्यान्ड पुगेको नेपालको बलिङबाट पनि कमजोर प्रर्दशन भई रहेको छ ।

तीब्र गतिका करण केसीले दुई खेलमा ७ ओभरमा ६२ रन खर्चिँदा १ विकेट मात्रै लिएका छन् । अर्का तीब्र गतिका बलर अभिनाश बोहराले पनि २ खेलमा ८ ओभरमा ६३ रन खर्चेर २ विकेट लिएका छन् । नेपालले पावर प्ले र डेथ ओभरमा बढी रन खर्चेको छ । प्रमुख स्पिनर सन्दीप लामिछानेले २ खेलमा ४७ रन खर्चेर ५ विकेट लिएका छन् । अर्का स्पिनर सुशन भारीले मलेसियाविरुद्ध ३ ओभर बलिङ गर्दै २६ रन खर्चिदा विकेट लिन नसक्दा हङकङविरुद्ध ४ ओभरमा ३७ रन खर्चिदै २ विकेट लिएका थिए ।

थाईल्यान्डविरुद्ध भुवन कार्कीले टी ट्वान्टी आईमा डेब्यू गर्ने सम्भावना रहन्छ । समग्रमा ब्याटिङ र बलिङ दुबैमा खेलाडीले आफ्नो क्षमता अनुसारको प्रर्दशन गर्न सकिरहेका छैनन् । सबै खेलाडीले जिम्मेवारी प्रर्दशन गर्ने हो भने नेपाललाई प्रतिस्पर्धी हेर्दा जितको लागि कुनै कठिन देखिँदैन ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.